८४ वर्षीय जुत्रासले गरे बन्जी

  • १४ कार्तिक २०८०, मंगलवार
  • 203 पटक पढिएको

­एड्भेन्चर हब ‘द क्लिफ’मा ८४ वर्षीय क्यानेडियन नागरिक मिसेल जुत्रासले बन्जी गरेका छन् । उनले बन्जी, स्विङका साथै स्काई साइक्लिङ, स्काई ग्लाइडिङलगायत अन्य साहसिक खेलहरूको मज्जा लिएको द क्लिफका अध्यक्ष राजु कार्कीले जानकारी दिए ।

८४ वर्षीय मिसेलले बन्जी गरी क्लिफमा सबैभन्दा बढी उमेरसमूहअन्तर्गतको रेकर्ड कायम गरेका छन् । यसअघि ६६ वर्षीय विदेशी महिलाले क्लिफमा बन्जी गरेकी थिइन् । राजु कार्कीको परिकल्पना र नेतृत्वमा कालीगण्ड नदीको खोँचमाथि पर्वत र बागलुङ बलेवा जोड्ने गरी बनाइएको ‘द क्लिफ’मा विश्वकै अग्लो स्विङ र विश्वकै दोस्रो अग्लो बन्जी जम्प निर्माण गरिएको छ ।

बन्जी र स्विङसँगै क्लिफमा रिसोर्ट, विश्वकै अग्लो व्यावसायिक स्काई साइक्लिङ, स्काई क्याफे, वाल क्लाइम्बिङ, गुलेली पिङ, क्रेजी ब्रिज, स्काई ग्लाइडिङ, स्काई क्याफेलगायत गतिविधि सञ्चालनमा छन् ।