अन्तराष्ट्रिय पर्वत समाजमा नयाँ नेतृत्व चयन, अध्यक्षमा गुणराज शर्मा निर्वाचित

  • २८ आश्विन २०८०, आईतवार
  • 257 पटक पढिएको

बेनी, २८ असोज । अन्तराष्ट्रिय पर्वत समाजको चौथो अधिवेशनबाट गुणराज शर्माको अध्यक्षतामा नयाँ नेतृत्व चयन भएको छ । पर्वतको जलजला गाउँपालिकाको मल्लाजमा शनिवार सम्पन्न अधिवेशनले संस्थाको बरिष्ठ उपाध्यक्ष रहेका शर्मा सर्वसम्मत रुपमा आगामी २ वर्षे कार्यकालका लागि अध्यक्षमा चयन हुनुभएको हो । जलजला ३ मल्लाज माझफाँटमा सम्पन्न समाजको चौथो अधिवेशनबाट अध्यक्ष लगायत सवै पदाधिकारीहरु सर्वसम्मत रुपमा चयन भएका हुन ।

बरिष्ठ उपाध्यक्षमा दधी आचार्य , उपाध्यक्षहरुमा क्रमश बाबुराम शर्मा , शेषराज तिमिल्सिना , मणि प्रसाद भुर्तेल , सुभाष लामिछाने , महिला उपाध्यक्षमा संगिता कार्की कुँवर चयन भएका छन् ।

महासचिवमा प्रकाश पौडेल चयन हुनुभएको छ । सचिवमा क्रमश कमल लामिछाने , रुद्रमणी लम्साल , सन्तोष पौडेल , नवीन पराजुली र रामकृष्ण रेग्मी रहनुभएको छ । कोषाध्यक्षमा तिलक सापकोटा , क्षेत्रीय संयोजकहरुमध्ये मध्य पुर्व संयोजकमा राम शर्मा , एसिया प्यासिफिक संयोजकमा मुक्ती रेग्मी र अमेरिका सम्योजकमा रबिन शर्मा चयन भएका छन् ।

समाजको सदस्यहरुमा युवालाल सापकोटा , ओम प्रकाश न्यौपाने , रमेशराज जैसी , सेवक वि.क., विकास लामिछाने , नन्दलाल वि.क र विनोद जिसी चयन भएका छन् । अधिवेशनको उद्घाटन शनिबार गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले गर्नुभएको थियो । अधिवेशन उद्घाटन पूर्व मल्लाजका स्थानीयहरुले बाजागाजा सहित झाँकी निकालेका थिए ।