मुस्ताङमा यार्तुङ पर्वको रौनक

  • २० श्रावण २०७४, शुक्रबार
  • 2593 पटक पढिएको

निरज थकाली÷मुस्ताङ
हरेक वर्षको झैँ यस वर्ष पनि मुक्तिनाथमा यार्तुंङ पर्वको रौनक बढेको छ । हिमाल पारीको जिल्ला मुस्ताङ भौगोलिक र वातावरणीय रुपमा मात्र नभई सांस्कृतिक र विभिन्न चाडपर्वले पनि एक विशेष खालको जिल्ला मानिन्छ । यस वर्ष पनि श्रावन २० गते देखि २३ गतेसम्म मुक्तिनाथ, रानीपौवामा जनप्रिय युवाक्लवको आयोजनामा यार्तुङ मेला आयोजना गरिएको छ । उक्त मेलामा विशेष गरी घोडा दौड, तारा खेल, फुटबल जस्ता खेलहरुका साथै मनोरन्जनात्मक कन्सर्ट र डान्स पार्टिको समेत आयोजना गरिएको छ । सधैको वर्ष झै यस वर्ष पनि यार्तुङ हेर्न भनि वरिपरीको गाउँबाट मात्र नभई देशविदेशबाट थुप्रै पर्यटकहरु आएको जनप्रिय युवा क्लवका अध्यक्ष सुरज गुरुङले जानकारी दिनुभयो ।


यसवर्षको यार्तुङको पहिलो दिन फुटबल खेलहरुको आयोजना गरिएको थियो । उक्त फुटबल खेलमा जम्मा गरेर १४ वटा टिमले भाग लिएका छन् । ठब्ु साईड फुटबल खेलको पहिलो चरणमा जोमसोम एअरपोर्ट र मार्फाको विचमा खेल भएको थियो । जसमा एअरपोर्ट विजयी भएको छ । मुक्तिनाथ र झोङ विच भएको खेलमा मुक्तिनाथ विजयी भएको छ भने बाकी खेलहरु भैरहेको अध्यक्ष सुरज गुरुङले बताउनु भयो । यसरी नै भोलि २१ गते शनिबार छैरो क्याम्पबाट नृत्य प्रस्तुत गरिने छ र साथै घोडा दौड विशेष रुपमा हुनेछ । भोलिदेखि बाकीका दिनहरुमा राष्ट्रिय स्तरका कलाकारहरुद्वारा हास्यव्यङ्ग र साथै सांस्कृतिक कार्यक्रमको समेत आयोजना गरिएको छ । आज भन्दा भोली पर्यटकको संख्या बढ्ने र अझ धेरै रमाईलो हुने आशा गरेको बताउनु हुन्छ आयोजक क्लबका अध्यक्ष सुरज गुरुङ ।