बेनीमा छात्र/छात्रा ब्याडमिन्टन प्रतियोगिता सुरु

  • २९ भाद्र २०८०, शुक्रबार
  • धिरन खत्री
  • 367 पटक पढिएको

 

म्याग्दी, २९ भदौ । सदरमुकाम बेनीमा छात्र/छात्रा ब्याडमिन्ट प्रतियोगिता सुरु भएको छ। बेनी नगरपालिका ब्याडमिन्टन संघले ५९ औं राष्ट्रिय बाल दिवसको अवसरमा आयोजित प्रतियोगितालाई बेनी नगरपालिकाका नगरप्रमुख सुरत केसीले उद्घाटन गर्नुभएको थियो ।

जिल्ला खेलकुद विकास समितिको कवडहलमा शुक्रबारदेखि सुरु भएको प्रतियोगितामा ९ वटा स्कूलका छात्र १७ टिम र छात्रा ८ टिमको सहभागिता रहेको छ ।

छात्र/छात्रा प्रतियोगितामा दुवैतर्फ प्रथम, द्वितिय र तृतीय हुनेलाई क्रमश: आठ हजार, पाँच हजार, तीन हजार रुपैयाँ पुरस्कार सहित ट्रफी, मेडल र प्रमाणपत्रले पुरस्कृत गरिने छ ।

बेनी नगरपालिका ब्याडमिन्टन संघका अध्यक्ष सज्जन शाक्यको अध्यक्षतामा भएको कार्यक्रममा नगर प्रमुख केसी, उपप्रमुख ज्योती लामिछाने, वडानम्वर ७ का वडाअध्यक्ष एवम् संघका सल्लाहकार रमेश श्रेष्ठ, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दिनेश केसी, जिल्ला ब्याडमिन्टन संघका अध्यक्ष हिमालय कार्कीले मन्तव्य राख्नुभएको थियो ।

कार्यक्रममा बोल्ने बक्ताले विभिन्न समयमा संघले आयोजना गर्ने ब्याटमिन्टन प्रतियोगिताले विद्यालयमा अध्ययनरत बालबालिकालाई खेलप्रति आकर्षित गर्न सहयोग पुग्ने धारण राख्नुभएको थियो ।
उपाध्यक्ष हिरादेवीको स्वागत तथा सचिव लोकेश पुन मगरको संचालनमा उद्घाट्न कार्यक्रम सम्पन्न भएको थियो ।

 

धिरन खत्री

म्याग्दी अनलाईन डट् कमका संवाददाता हुन् l