पोखरामा क्लब स्तरिय पुरुष तथा महिला भलिबल प्रतियोगिता हुदै

  • १६ भाद्र २०८०, शनिबार
  • देवान छन्त्याल
  • 471 पटक पढिएको

पोखरा, १६ भदौ । पोखरामा क्लब स्तरिय पुरुष तथा महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । पोखरा भलिबल प्रशिक्षण केन्द्रको सातौँ बार्षिकोत्सवको अवसरमा आगामी असोज ९ गतेदेखि १३ गतेसम्म उक्त प्रतियोगिता आयोजना गरिएको हो ।

पोखरा भलिबल प्रशिक्षण केन्द्रको आयोजना र छन्त्याल ब्रदर्शको सह–आयोजनामा हुन लागेको उक्त प्रतियोगिताको तयारीलाई तिब्र पारिएको आयोजकले जनाएका छन् । पुरुष भलिबल प्रतियोगितामा प्रथमलाई रु १ लाख ११ हजार १११ र द्धितीय हुने टिमलाई नगद रु ७० हजार ७७७ नगद पुरस्कार र महिला भलिबलमा प्रथमलाई रु ४५ हजा र द्धितीयलाई रु ३० हजार नगदको साथमा ट्रफि, मेडल र प्रमाणपत्रद्धारा पुरस्कृत गरिने भएको छ ।

उक्त अवसरमा स्थानीय र राष्ट्रिय कलाकारहरुद्धारा विविध साँगेतिक प्रस्तुती समेत राखिने भएको छ । नदिपुर स्थित छन्त्याल समाजको प्राङ्गढमा आयोजना हुने उक्त प्रतियोगितामा पुरुष भलिबलमा रु ६ हजार ५०० र महिला भलिबलमा ४ हजार दर्ता शुल्क तोकिएको छ । प्रतियोगितामा उत्कृष्ट खेलाडी, स्पाईकर, ब्लगर, डिफेन्डर, सेटर र उदयमान खेलाडीलाई समेत पुरस्कृत गरिनेछ ।

देवान छन्त्याल

म्याग्दी अनलाईन डट् कमका संयोजक हुन् l