पैसाको लोभमा सवारी दुर्घटना गराउने दम्पती पक्राउ, अनुसन्धानका लागि मुद्दा दर्ता

  • १७ श्रावण २०८०, बुधबार
  • 307 पटक पढिएको

 

म्याग्दी, १७ साउन । साउन १० गते बुधबार कालीगण्डकी नदीमा योजनाबद्ध रुपमा बोलेरो जीप दुर्घटना गराउने कमलेस परियारको दम्पतीलाई प्रकाउ गरेर मुद्धा चलाएको छ । बेनी– जोमसोम सडक अन्तरगत अन्नपूर्ण गाउँपालिका– ७ भिरकाटेबाट ग २ च १०३१ नम्वरको बोलेरो जीपलाई न्यूटलमा राखेर कालीगण्डकी नदीमा खसालेका चालक कमलेस परियार र उहाँकी श्रीमती सिता लौडारी परियारलाई प्रकाउ गरेर जिल्ला अदालत म्याग्दीमा मुद्धा दर्ता गरिएको जानकारी पत्रकार सम्मेलन मार्फत प्रहरी नायव उपरिक्षक मदन कुँवरले दिनुभएको छ ।

कमलेसको दम्पतीलाई मंगलबार विश्वासघात अन्तरगतको मुद्दा दर्ता गरी अदालतबाट सात दिनको म्याद थप गरेर अनुसन्धान अघि बढाउन हिरासतमा राखिएको प्रनाउ कुँवरले बताउनुभयो । प्रहरी नायव उपरीक्षक कुवँरले साउन १० गते दानाबाट बेनी फर्कने क्रममा जीपलाई कालीगण्डकी नदीमा फालेर मालिका गाउँपालिका– ५ देविस्थानका ३६ बर्षिय कमलेसलाई साउन १४ गते काठमाण्डौस्थित मित्रनगरबाट प्रहरीले पक्राउ गरेको बताउनुभयो ।

“सुमन किराना स्टोर्सको चालक र पैसा उठाउने काम गर्दै आएका कमलेसले साहुलाई हिसाव बुझाउन नसकेपछि नियोजित रुपमा गाडी खोलामा खसालेर कमलेस भागेका थिए ।”– कुँवरले भन्नुभयो “ यो घटनामा संग्लन भएकी कमलेसकी श्रीमती सिता लौडारी परियारलाई साउन १५ गते प्रकाउ गरिएको थियो ।

दम्पतीलाई अनुसन्धानबाट आरोप पुष्टि भएमा अपराधिक विश्वासघात कसुर अन्तरगत पाँच बर्ष कैद र पचास हजार रुपैयाँ जरिवाना हुने कानुन रहेको छ ।
साउन १० गते दिउँसो देखि सम्पर्क विहिन बनेको चालक कमलेस परियार र सवारीसाधन खोजी गरिदिन सुमन किराना स्र्टोशका सञ्चालक सुमन श्रेष्ठले साउन १२ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिनुभएको थियो ।
उजुरीपश्चात प्रनाउको कुँवरको नेतृत्वमा घटनास्थल पुगको टोलीले दुर्घटना भन्दा घटना भएको भन्दै अनुसन्धान अघि बढाएको थियो भने खोजीका लागि कालीगण्डकी किनारमा शसस्त्र प्रहरी परिचालन गरेको थियो ।

उक्त घटनापछि कमलेसको श्रीमतीले प्रहरी कार्यालयमा आएर श्रीमान सम्पर्क नरहेको र जिउँदो वा मृत जेजस्तो अवस्थामा भएपनि खोजी गरिदिनुपर्‍यो भन्ने मौखिक उजुरीमा देखिएको गतिविधिले शंकास्पद मानेर सिता लौडारी परियारमाथि निगरानी बढाएको थियो । कमलेसले विभिन्न ब्यक्तिको मोवाईलबाट श्रीमतीलाई फोन गरेको आधारमा माठमाण्डौस्थित मित्रनगरबाट नगद १९ हजार रुपैयाँसहित प्रहरीले नियन्त्रणमा लिएको थियो ।

सवारी दुर्घटना गराई कमलेश बेनीबाट कुश्मा हुँदै पोखराबाट घान्द्रुक गएका छन्, त्यहाँबाट घोडा चढी घोडेपानी आउने खोजेपनि देउराली भन्ने स्थानबाट फर्किएर नयाँपुल हुँदै काठमाण्डौ गएको खुलेको छ ।