स्थानीय तहमा बजेट कार्यान्वयनमा सुधार

  • २८ असार २०८०, बिहीबार
  • धिरन खत्री
  • 285 पटक पढिएको

 

म्याग्दी, २८ असार । हिमाली जिल्ला म्याग्दीका स्थानीय तहले विकासतर्फको बजेट सन्तोषजनक रुपमा कार्यान्वयन गरेका छन् । विगतका बर्षहरुमा कोरोना महामारी, जनशक्ति अभाब लगायतको सामाना गरेका स्थानीय तहहरुले चालु आर्थिक बर्षमा भने योजना तथा बजेट कार्यान्वयनमा सुधार ल्याएका हुन् । एक नगरपालिका र पाँच गाउँपालिका रहेको म्याग्दीमा यस बर्ष योजना कार्यान्वय सन्तोषजनक हुँदा विकास बजेट खर्च पनि बढेको छ । विगतका बर्षहरुमा योजना कार्यान्वयन नहुँदा बजेट फ्रिज हुने समस्या थियो । जिल्लामा स्थानीय तहहरुले प्राविधिक जनशक्तिलाई वडा तहमा परिचालन गर्न थालेपछि योजनाहरुको लगत तयार समयमै हुने र कार्यान्वनयमा समेत नियमित अनुगमन र निरिक्षण हुन थालेसंगै योजनाहरु कार्यान्वयनको पक्षमा सकरात्मक सुधार ल्याएको छ । चालु आर्थिक बर्षमा स्थानीय तहहरुले गाउँसभा मार्फत छनौट गरेका एकाध बाहेकका सतप्रतिशत योजनाहरु कार्यान्वयन गरेका छन् ।

बेनी नगरपालिकाको वित्तिय प्रगति ८६.८३ प्रतिशत

बेनी नगरपालिकाले चालू आर्थिक बर्ष २०७९/८० मा वित्तिय प्रगति ८६.८३ प्रतिशत गरेको छ । चालु बर्षका लागि कुल ८३ करोड ५८ लाख ९७ हजार ४२६ रुपैयाँ बजेटमध्ये ७२ करोड ५८ लाख ७२ हजार ७२९ रुपैयाँ खर्च भएको प्रमुख प्रशासकीय अधिकृत धोलकराज ढकालले बताउनुभयो । बेनीले चालूतर्फ ८८.९२ र पुँजीगततर्फ ८२.९७ प्रतिशत बजेट खर्च गरेको छ। चालुमा रहेको ५४ करोड १८ लाख ९२ हजार २८३ रुपैयाँ बजेटमध्ये ४८ करोड १८ लाख ९५ हजार ३२ रुपैयाँ खर्च भएको छ भने पुँजीगततर्फ रहेको २९ करोड ४० लाख ४५ हजार १४३ रुपैयाँ बजेटमध्ये २४ करोड ३९ लाख ७७ हजार ७६६ रपैयाँ खर्च भएको प्रमुख प्रशासकीय अधिकृत ढकालले जानकारी दिनुभयो । नगरमा चालूमा रहेका तीनसय ६८ विकास निर्माणका योजनामध्ये तीन सय ६५ योजना सम्पन्न भएको छ भने तीनवटा योजनाको म्याद थप गरिएको नगरका सूचना अधिकारी युवराज थापाले जानकारी गराउनुभयो ।

रघुगंगा गाउँपालिकामा वित्तिय प्रगति ७९.०३ प्रतिशत

रघुगंगा गाउँपालिकामा चालु आर्थिक बर्ष २०७९/८० को वित्तिय प्रगति ७९.०३ प्रतिशत भएको छ । रघुगंगाको कुल बजेट ५३ करोड ९९ लाख ५ हजार रुपैयाँमध्ये आम्दानी ४६ करोड ९१ लाख २४ हजार रुपैयाँ भएको थियो । प्राप्त आम्दानीमध्ये ४२ करोड ६७ लाख ३४ हजार रुपैयाँ खर्च भएको लेखाअधिकृत खगराज सुवेदीले जानकारी दिनुभयो ।
चालूतर्फ रहेको ३५ करोड १५ लाख ५१ हजार रुपैयाँ बजेटमध्ये २९ करोड ८८ लाख ९६ हजार रुपैयाँ बजेट( ८५.०२) खर्च भएको थियो । त्यस्तै पुँजीगततर्फ रहेको १८ करोड ८३ लाख ५४ हजार रुपैयाँ बजेटमध्ये १२ करोड ७८ लाख ३७ हजार बजेट (६७.८७ प्रतिशत) खर्च भएको छ। रघुगंगामा चालू आर्थिक बर्षमा रहेको १६८ योजनामध्ये १६४ वटा योजना कार्यान्वय भएको ईन्जिनियर सुदिप गौतमले जानकारी दिनुभयो ।

मालिकामा वित्तिय प्रगति ७१. ६१ प्रतिशत

मालिका गाउँपालिकामा चालू आर्थिक बर्षमा वित्तिय प्रगति ७१.६१ प्रतिशत भएको छ। चालू आर्थिक बर्ष २०७९/८० मा रहेको ५८ करोड १७ लाख ४४ हजार रुपैयाँमध्ये ४१ करोड ६५ लाख ५१ हजार रुपैयाँ बजेट कार्यान्वयन ( ७१.६१) भएको लेखापाल सागर पौडेलले जानकारी दिनुभयो । यस बर्षमा चालुतर्फ रहेको ३३ करोड ६२ लाख ९६ हजार रुपैयाँ बजेटमध्येमा २५ करोड ५७ लाख १२ हजार रुपैयाँ खर्च (७६.५३) भएको छ भने पुँजीगततर्फ रहेको २४ करोड ५४ लाख ५८ हजार रुपैयाँ बजेटमध्ये १६ करोड ८ लाख ३९ हजार रुपैयाँ खर्च ( ६५.५३) भएको छ छ । मालिकामा चालू बर्षमा रहेको १५२ वटा योजनाहरु सतप्रतिशत कार्यान्वयन भएको प्रमुख प्रशासकिय अधिकृत चूर्णबहादुर कार्कीले जानकारी दिनुभयो ।

धवलागिरी गाउँपालिकामा वित्तिय प्रगति ७९.०८ प्रतिशत

धवलागिरी गाउँपालिकामा चालु आर्थिक बर्षको वित्तिय प्रगति ७९.८ प्रतिशत भएको छ । ४७ करोड ७७ लाख २७ हजार ८१९ रुपैयाँ कुल बजेटमध्ये ३७ करोड ८५ लाख ३७ हजार ८९३ रुपैयाँ खर्च भएको प्रमुख प्रशासकीय अधिकृत ध्रुव रिजालले बताउनुभयो । चालुतर्फ रहेको ३० करोड ८१ लख ६० हजार रुपैयाँ बजेटमध्इे २४ करोड ६८ लाख ७६ हजार ६८८ रुपैयाँ (८०.११)ं ल बजेट खर्च भएको छ भने पुँजीगततर्फ रहेको १७ करोड ६७ हजार ८१९ रुपैयाँ बजेटमध्ये १३ करोड १६ लाख ६१ ह्जार २०५ रपैयाँ खर्च भएको लेखाशाखा प्रमुख तिलक शकंर पौडेलले जानकारी दिनुभयो । चालूमा छनोट भएका १४० वटा योजनामध्ये १३८ वटा योजना कार्यान्वयन भएको योजनाशाखाका प्रमुख रमेश पौडेलले बताउनुभयो । दुईवटा योजना आगामीबर्षमा निरन्तरता दिएको उहाँले जानकारी दिनुभयो ।

मंगलामा वित्तिय खर्च ८३.१८ प्रतिशत

मंगला गाउँपालिकामा चालु आर्थिक बर्षमा वित्तिय प्रगति ८३.१८ प्रतिशत खर्च भएको छ । मंगलामा रहेको ४५ करोड ७३ लाख ५८ हजार ५४६ रुपैयाँ कुल बजेटमध्ये आम्दानी ४० करोड ३६ लाख ४७ हजार १४३ रुपैयाँ भएको लेखा प्रमुख भविलाल उपाध्यायले जानकारी दिनुभयो । प्राप्त आम्दानीमध्ये ३८ करोड ४ लाख ३६ हजाचर १९५ रुपैयाँ बजेट (८३.१८) खर्च भएको लेखा प्रमुख उपाध्यायले बताउनुभयो । चालुतर्फ रहेको २९ करोड २६ लाख ५६ हजार ९४० रुपैयाँ बजेटमध्ये २५ करोड ७९ लाख ९७ हजार ३४५ रुपैयाँ खर्च (८८.१५) प्रतिशत भएको छ भने पुँजीगततर्फ रहेको १६ करोड २४ लाख ३८ हजार ८५० रुपैयाँ बजेटमध्ये १२ करोड २४ लाख ३८ हजार ८५० रुपैयाँ खर्च भएको छ। मंगलामा सतप्रतिशत योजनाहरु कार्यान्वयन भएको योजना अधिकृत सुदर्शन पौडेलले जानकारी दिनुभयो ।

अन्नपूर्ण गाउँपालिकामा वित्तिय प्रगति ७६. ९९ प्रतिशत

अन्नपूर्ण गाउँपालिकामा वित्तिय खर्च ७६.९९ प्रतिशत भएको छ । चालु आर्थिक बर्ष २०७९/०८० मा प्राप्त रहेको ५४ करोड ४९ लाख रुपैयाँ कुल बजेटमध्ये ४१ करोड ९५ लाख ६६ हजार रुपैयाँ खर्च भएको प्रमु प्रशासकीय अधिकृत अमृत सुवेदीले जानकारी दिनुभयो । उहाँले चालुतर्फ ८२.६२ र पुँजीगततर्फ ६५.७८ प्रतिशत बजेट कार्यान्वयन भएको उल्लेख गर्नुभयो । अन्नपूर्णमा चालू बर्षमा रहेको एकसय ५३ योजनामध्ये एकसय ५० वटा पूर्वाधारतर्फको योजना सम्पन्न भएको इन्जिनियर ईश्वर भण्डारीले जानकारी दिनुभयो । उहाँले तीनवटा योजना सम्पन्न हुन नसकेको जानकारी दिनुभयो ।

 

धिरन खत्री

म्याग्दी अनलाईन डट् कमका संवाददाता हुन् l