म्याग्दी मगर समाज काठमाडौं उपत्यकाको वार्षिक उत्सवको अवसरमा रक्तदान

  • २० असार २०८०, बुधबार
  • 231 पटक पढिएको

काठमाडौं २० असार । म्याग्दी जिल्लाका काठमाडौं उपत्यका भित्र बसोवास गर्ने म्याग्देली मगरहरुको साझा संस्था म्याग्दी मगर काठमाडौं उपत्यकाले २३ औं वार्षिक उत्सवको उपलक्ष्यमा रक्तदान कार्यक्रम गरेको छ । ललितपुरको वागडोल दोभानमा रहेको संस्थाको भवनमा रगत अभावकै कारण कोही पनि विरामीहरुले ज्यान गुमाउन नपरोस् भन्दै वार्षिक उत्सवको अवसरमा रक्तदान कार्यक्रम गरिएको म्याग्दी मगर समाज काठमाडौं उपत्यकाको अध्यक्ष दिलकुमारी राम्जाली गर्बुजाले बताउनु भयो । उक्त कार्यक्रममा टमाया चोचाङ्गी, कुसुम गर्बुजा पुन, कमला पुन, उजेली तिलिजा पुन, रिम कुमारी पुन, सुर्य बहादुर पुन, बालकुमारी पुन, धनकुमारी पुन, समिक्षा पुन गर्बुजा, दिवा थापा, दलबहादुर बुढाथोकी, शोभाकुमारी पाईजा पुन, अनिता पुन, राधिका आलेमगर, बिन्दु पुन, देवीकुमारी गर्बुजा, विमा गर्बुजा, मन्दिरा आले, हेम पाईजा, सुदिप लंगाली, विवेक शेर्पा, निग्मा डगाइ शेर्पा, सनित महर्जन, मौसम गलानि, हेमान्सु थापा, प्रवेश गुरुङ, प्रवेश थापा मगर, निमा तामाङ, पुर्ण बहादुर थापा, विनोद घर्ती मगर, सज्जन, नविन आले, विकाश तामाङ, अविराज राई, सरिफ पार्खिन, अमृत गुरुङ, मनिस राई, याका पाईजा, समियाल खड्का, डम्बहादुर पुन, विरी पुन, मोनिका पुन, मनिस थापा मगर, अनिल गांै, टलबहादुर गर्बुजा, डिलकुमारी गर्बुजा, सुजल गुरुङ र गजुली पाईजा सहित ४८ जनाबाट ४८ पिन्ट रगत संकलन गरिएको नेपाल रेडक्रस सोसाइटी केन्द्रीय रक्तसञ्चार सेवा ताहाचलले जनाएको छ । उपत्यका भित्र अस्पतालमा उपचार गराई रहेका विरामीलाई रगत अभाव भन्दै २१ औं वार्षिक उत्सव देखि म्याग्दी मगर समाज काठमाडौं उपत्यकाले रक्तदान गर्दै आईरहेको छ । सो समाजमा करिव ४ सय म्याग्दीका काठमाडौं उपत्यका भित्र बसोवास गर्ने मगरहरु अवद्ध छन् । कार्यक्रम ललितपुर महानगर पालिका ४ नम्बर वडाका वडा सदस्य सुर्यकुमार रानाको प्रमुख आतित्थ्यता, म्याग्दी मगर समाज काठमाडौं उपत्यकाको अध्यक्ष डिलकुमारी राम्झाली गर्बुजको अध्यक्षता, सचिव मनबहादुर पुनको सञ्चालन र संस्थाका संस्थापक अध्यक्ष चित्रबहादुर पुनको स्वागतमा सम्पन्न भएको थियो ।