म्याग्दीबाट १३ जना खेलाडी राष्ट्रियस्तरको प्रतियोगितामा छनोट

  • १२ बैशाख २०८०, मंगलवार
  • 425 पटक पढिएको

म्याग्दी, १२ बैशाख । पोखरामा सम्पन्न १३ औं गण्डकी प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगितामा म्याग्दीबाट सहभागि भएर उतकृष्ट खेल प्रर्दशन गर्ने १३ जना खेलाडीलाई राष्ट्रियस्तरको प्रतियोगितामा प्रदेशले छनोट गरेको छ।

बैशाख ११ र १२ गते पोखरामा सम्पन्न प्रतियोगितामा सहभागि खेलाडीले ६ स्वर्णसहित १२ पदक जितेको जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दिनेश केसीले जानकारी दिनुभयो ।


जिल्ला खेलकुद विकास समितिका खेल प्रशिक्षक मिलन रोकाका अनु्सार छात्रा भलिवलमा दोस्रो भएको म्याग्दीबाट अनिशा रोका र छात्र भलिवलबाट पवन सुनार छनोट भएको जानकारी दिनुभयो । त्यस्तै, कवडड्ीतर्फ दिवान मगर, सुबम शाक्य, सरिता बुढा छनोट हुनुभएको छ।

त्यस्तै कराँते तर्फ स्वर्णपदक विजेता मार्सल गर्बुजा, प्रेरणा रोका, देलिबिया गर्बुजा र एथलेथिक्सबाट त्रिपल जम्पमा स्वर्ण जितेकी रिकजना माझी राष्ट्रिय खेलका लागि छनौट भएका छन् । त्यसैगरी तेक्वाण्डोतर्फ स्वर्णपदक जित्दै दिपेश पुर्जा, सज्जा पुन छनौट भएका छन् ।

त्यसैगरी तेक्वान्डो रजत पदक विजेता रोसन श्रेष्ठ, उसुतर्फ समिप किसान प्रमिसा बानियाँ प्रदेशबाट राष्ट्रिय प्रतियोगितामा छनौट हुनुभएको तेक्वान्दो प्रशिक्षक कर्ण प्रधानले जानकारी दिनुभयो ।

म्याग्दीका भलिवल प्रशिक्षक रोकाले राष्ट्रिय प्रतियोगिताका लागि गण्डकी प्रदेशको छात्रा भलिबलतर्फको मुख्य प्रशिक्षकको जिम्मेवारी प्राप्त गर्नुभएको छ ।