जयबहादुर चन्द नेपाल प्रहरीको महानिरीक्षक नियुक्त, सशस्त्रमा सिंहबहादुर श्रेष्ठ

  • १ फाल्गुन २०७३, आईतवार
  • 1969 पटक पढिएको

jay-bahadur-chand-1

काठमाडौं, १ फागुन । सरकारले डीआईजी जयबहादुर चन्दलाई नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी) पदमा नियुक्त गरेको छ । आइतबार बिहान बसेको बैठकले चन्दलाई आईजीपीमा नियुक्त गर्ने निर्णय गरेको हो ।

आईजीपीका दाबेदार चार डीआईजीमा चन्द वरियता क्रममा तेस्रो नम्बरमा थिए ।

पहिलो नम्बरमा नवराज सिलवाल र दोस्रो नम्बरमा प्रकाश अयार्ल छन् । तर, सत्ता साझेदार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको दबावमा चन्दलाई प्रहरी प्रमुख बनाइएको हो ।

नेपाल प्रहरीका प्रमुख प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालको समय आइतबारबाट सकिँदैछ ।

सशस्त्रमा सिंहबहादुर श्रेष्ठ

मन्त्रिपरिषद् बैठकले सशस्त्र प्रहरीको प्रमुखमा सिंहबहादुर श्रेष्ठलाई नियुक्त गरेको छ । सशस्त्र प्रहरी प्रमुखका लागि तीन श्रेष्ठसँगै एआईजी प्रेमबहादुर शाही र प्रकाश ओझा दाबेदार थिए ।

शसस्त्र प्रहरीका प्रमुख दुर्जकुमार राईको कार्यकाल चैतमा सकिँदैछ ।