मुक्तिनाथबाट फर्किएकी भारतीय नागरिक गलेश्वरबाट बेपत्ता

  • ६ चैत्र २०७९, सोमबार
  • 432 पटक पढिएको

 

बेनी, ६ चैत । मुस्ताङको मुक्तिनाथ मन्दिर दर्शन गरी फर्किएकी एक भारतीय तिर्थयात्रु दुईदिन देखि बेपत्ता भएकी छन् । भारतको आन्द्रा प्रदेशकी सिरिसा मोरला नाम गरेकी महिला शुक्रबार राती ८ बजेदेखि बेनी नगरपालिका ९ गलेश्वरधाम मन्दिर नजिकैबाट बेपत्ता भएको प्रहरी नायव उपरीक्षक मदन कुँवरले जानकारी दिए ।

मुक्तिनाथ मन्दिरको दर्शन गरी आएको टोलीसँगै गलेश्वर मन्दिरसम्म आइपुगेपनि एक्कासी सम्पर्कविहिन भएको टोलीका सदस्यको भनाई उद्धित गदैं प्रनाउ कुँवरले बताए । सम्पर्कविहिन भएकी महिलाको खोजीकार्य तिब्र पारिएको छ । बेपत्ता भएकी भारतीय नागरिकको खोजीकार्यका लागि प्रहरीले सम्भावित क्षेत्रमा समेत जानकारी गराएको छ । टोलीबाट सम्पर्कविहिन भएपछि गलेश्वर प्रहरीमार्फत प्रहरीमा निवेदन दिइएको थियो ।