अनेरास्ववियुको केन्द्रिय सचिवमा म्याग्दीका प्रकाश पौडेलको उम्मेद्वारी

  • २७ माघ २०७९, शुक्रबार
  • धिरन खत्री
  • 869 पटक पढिएको

 

 

म्याग्दी, २७ माघ । म्याग्दीबाट विद्यार्थीको नेताको रुपमा उदाएका प्रकाश पौडेलले एमाले निकट विद्यार्थी सङ्गठन अखिल नेपाल राष्ट्रिय विद्यार्थी युनियन (अनेरास्ववियु) को केन्द्रिय सचिव पदमा उम्मेदवारी दिने भएका छन् । अनेरास्ववियु गण्डकी प्रदेशका अध्यक्ष समेत रहेका पौडेलले सङ्गठनलाई चलायमान र गतिशील बनाउन फागुन २ देखि ४ गतेसम्म काठमाडौंमा हुने २३ औँ महाधिवेशनमा सचिव पदमा उम्मेदवारी दिने घोषणा गर्नुभएको हो ।


२०६३ मा अनेरास्ववियु जनकल्याण माबी पुलाचौर बाट स्कुल कमिटी अध्यक्ष हुँदै राजनीतिक यात्रा सुरु गर्नुभएका पौडेल ३ कार्यकाल जिल्ला कमिटी सदस्य हुदैँ २०७१ सालमा अनेरास्ववियु म्याग्दीको १८ औँ अघिवेशनबाट जिल्ला अध्यक्षमा निर्वाचित भएका थिए । २०७२ सालमा अनेरास्ववियूको २२ औँ महाधिवेशनबाट केन्द्रिय सदस्यमा निर्वाचित भएका पौडेल केन्द्रिय सचिवालय सदस्य हुदै २०७८ साल असोज देखि गण्डकी प्रदेशको अध्यक्ष पदमा रहेको संगठनको जिम्मेवारी कुशल रुपमा संचालन गरिराख्नुभएको छ। उहाँले गण्डकी प्रदेशमा “विपतीमा साहारा, विभेदमा विद्रोह” म अखिल भन्ने मूल नारा लिएर संङ्गठन अघि बढाउदै आउनुभएको छ ।


आफूसँग सङ्गठन सञ्चालनको ज्ञान र क्षमता दुवै भएकाले केन्द्रिय पदाधिकारी पदमा प्रस्तुत गरेको उहाँको बताउनुभयो। “युवा अवस्था जिवनको महत्वपूर्ण अवधी को हरेक अखिलका सदस्यलाई सामाजिक जागरण को आन्दोलन र सेवा भाबले समाजमा स्थापित गर्न र आफू निर्वाचित भएमा सङ्गठनलाई प्रविधियुक्त बनाउने र सङ्गठन निर्माणमा आफूले ध्यान दिने छु,”– उहाँले भन्नुभयो ।


पौडेलको अगुवाइमा पोखरा को मणिपाल मेडिकल कलेज बिरुद्धको आन्दोलन र तत्कालीन सरकार विरुद्धमा भएका आन्दोलनले देशभर चर्चा कमाएका थिए । म्याग्दी अनेरास्ववियु को इतिहासमा प्रकाश पहिलो पटक पदाधिकारीमा निर्वाचन लडदैछन । महाधिवेशनमा एक हजार पाँचसय ७९ प्रतिनिधि आउने उम्मेद्वार पौडेलले जानकारी दिनुभयो ।

  

धिरन खत्री

म्याग्दी अनलाईन डट् कमका संवाददाता हुन् l