रास्वपाको निर्णय सरकारलाई समर्थन कायमै, मन्त्री सरकारबाट बाहिरिने

  • २२ माघ २०७९, आईतवार
  • 293 पटक पढिएको

काठमाडौँ २२ माघ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सरकारलाई दिएको समर्थन कायमै राख्ने भएको छ । रास्वपाको आइतबार बसेको केन्द्ीय समिति र संसदीय दलको संयुक्त बैठकले सो निर्णय गरेको हो ।

तर, सरकारबाट भने सो पार्टी बाहिरिने भएको छ सभापति रवि लामिछानेले बैठकपछि पार्टीका मन्त्रीहरुले आजै प्रधानमन्त्रीलाई राजीनामा बुझाउने जानकारी दिए । गृह मन्त्रालयमा रवि लामिछानेले प्रवेश नपाउने निश्चित भएसागै सो पार्टी सरकारबाट बाहिरिएको हो ।