रोजगारको शिलशिलामा भारतको चेनै पुगेका म्याग्दीका रुद्र केसी दुईहप्ता देखी सम्पर्कविहिन

  • १३ माघ २०७९, शुक्रबार
  • 561 पटक पढिएको

 

म्याग्दी, १३ माघ । रोजगारको शिलशिलामा भारतको चेनै पुगेका रघुगंगा गाउँपालिका– २ भगवतीका रुद्रबहादुर केसी दुईहप्तादेखि सम्पर्कविहिन हुनुभएको छ । केसी माघ १ गतेदेखि चेनैको महेन्द्र सीटीबाट सम्पर्क विहिन भएको घरपरिवारले जनाएका छन् ।

५१ बर्षिय केसी दशैँमा घरविदा आएर कात्तिक १ गते भारतमा फर्कनुभएको थियो । परिवारको सम्पर्कमा रहेका केसी माघ १ गतेदेखि आफु बस्ने कोठाबाट बाहिर निस्किएपछि नेपालमा रहेका परिवार र कम्पनीमा सँगैबस्ने साथीहरुसंग सम्पर्कमा नआएको छोरा सन्तोष केसीले बताउनुभयो ।

भारतको चेनैसिटीमा बस्नु हुने नेपाली दाजुभाई तथा दिदिबहिनीहरुलाई केसीको खोजीकार्यमा सहयोग गर्न छोरा सन्तोष केसीले आग्रह गर्नुभएको छ। रुद्र केसीकोश्रीमती विनाकुमारी केसीले ज्यालामजदुरी गरेर चार जना सदस्य रहेको परिवारको घरखर्च चलाउदै आउनुभएको छ। घरपरिवार पालनपोषणमा सहयोग गर्दै आएका केसी परिवारसंग सम्पर्कविहिन भएपछि केसीलाई खोजीकार्य गर्न जानका लागि आर्थिक अभाव रहेको र भारतमा रहनुहुने नेपाली दाजुभाईले खोजीकार्यमा सहयोग गर्नका लागि केसीकी श्रीमतीले अपिल गर्नुभएको छ ।
सम्पर्क फोनम्वर : ९८४७७४१२२९

6385815888//9361345804 // 8681882979// Indha nabar 15,01 2023 muthal kannavillai therinthal call seiyavum