गृहमन्त्री रविको पहिलो निर्णय– निर्मला हत्या प्रकरणको छानबिन गर्छु
- ११ पुष २०७९, सोमबार
- 809 पटक पढिएको
काठमाण्डाै ११ पुस । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरणको छानबिनलाई मुख्य प्राथमिकता दिने बताएका छन्। मन्त्रालयमा कार्यभार सम्हाल्दै उनले निर्मलाको न्यायका लागि पहल गर्ने पहिलो निर्णय गरेका हुन्।
कञ्चनपुर उल्टाखामकी १३ वर्षीया बालिका पन्तको १० साउन ०७५ मा बलात्कारपछि हत्या भएको थियो। घटनाको साढे चार वर्ष बित्दासमेत उनले न्याय पाएकी छैनन्। सञ्चारकर्ममा रहँदा निर्मला प्रकरणलाई जोडदार रूपमा उठाएका रविले मन्त्री भएसँगै पहिलो निर्णयका रूपमा सो विषयको छानबिन गर्ने बताएका हुन्।