कांग्रेस संसदीय दलको नेतामा शेरबहादुर देउवा निर्वाचित

  • ६ पुष २०७९, बुधबार
  • 627 पटक पढिएको

 

सङ्घीय संसद्को सबैभन्दा ठूलो दल नेपाली कांग्रेसको संसदीय दलको नेतामा सभापति शेरबहादुर देउवा निर्वाचित भएका छन् ।


आज बिहान सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालय परिसरमा भएको मतदानमा देउवाले ६४ मत पाउँदा गगन थापाले २५ मत प्राप्त गरे ।

निर्वाचन समितिका संयोजक भीस्मराज आङ्दावेले देउवा ६४ मतसहित निर्वाचित भएको जानकारी दिए । मतदानमा सबै ८९ सांसद सहभागी भएका थिए ।