काभ्रेमा बस दुर्घटनामा हुँदा १७ जनाकाे मृत्यु

  • २७ मंसिर २०७९, मंगलवार
  • 336 पटक पढिएको

काभ्रे २७ मंसिर । काभ्रेको बेथानचोक गाउँपालिका–४, चलाल गणेशस्थानमा भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या १७ पुगेको छ । ज्यान गुमाउनेहरुको परिचय खुलिसकेको छैन । काभ्रेका प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेका अनुसार घटनास्थल, शीर मेमोरियल अस्पताल र धुलिखेल अस्पतालमा गरी १७ जनाको मृत्यु भएको हो ।

बनेपा नगरपालिका–११ बाट ब्रतबन्धका लागि बेथानचोक गाउँपालिका–५, च्याल्टी पुगेर फर्किँदै गरेको बा ३ ख ४३८५ नम्बरको रिजर्भ बस मंगलबार साँझ दुर्घटनामा परेको हो । बसमा सवार कति थिए भन्ने यकिन नभएको पाण्डेको भनाइ छ । दुर्घटनाको कारण पनि खुलेको छैन ।

घटनास्थलबाट नेपाल प्रहरी र नेपाली सेनाको टोलीले डोजर समेत प्रयोग गरी उद्धार कार्य जारी राखेको प्रजिअ पाण्डेले बताइन् । यसैबीच, गृहमन्त्री बालकृष्ण खाणले दुर्घटनाका घाइतेहरुलाईरूलाई तत्काल उद्धार गरी उपचारका लागि अस्पतालसम्म पुर्‍याउने व्यवस्था गर्न गृह प्रशासन, काभ्रेका प्रमुख जिल्ला अधिकारी पाण्डे र जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक चक्रराज जोशीलाई निर्देशन दिएका छन् ।