ग्रामिण बस्ती जोड्न दुई पक्की मोटरेबल पूल निर्माण

  • १६ मंसिर २०७९, शुक्रबार
  • धिरन खत्री
  • 636 पटक पढिएको

 

म्याग्दी, १६ मंसिर । म्याग्दीमा ग्रामिण बस्तीलाई लक्षित गरेर म्याग्दी नदीमा पक्की मोटरेवल पुल निर्माण भएका छन् । ग्रामिण बस्तीका जनतालाई बाह्ै महिना सहज यातायात सुविधा उपलब्ध गराउन म्याग्दी नदीमा पक्की पुल निर्माण सम्पन्न भएका छन् । ग्रामीण बस्ती र स्थानीय तहहरुको केन्द्र जोड्ने गरी संघीय र प्रदेश सरकारले मोटरेबल पुल निर्माणलाई प्राथमिकतामा राखेका छन् ।

मंगला गाउँपालिकाको बरङ्जा र अर्मनका तीनवटा वडालाई सिधा सडक सञ्जालसँग जोड्न म्याग्दी नदीमा निर्माणाधीन दुई मोटरेबल पुल निर्माण सम्पन्न भएका छन् । मंगला गाउँपालिकाको केन्द्र बाबियाँचौर स्थित माटेबगरदेखि वडानम्वर ५ अर्मन जोड्ने पुलको ८० मिटरको पुल निर्माण सम्पन्न गरेको छ भने ११७ मीटर लम्बाइको बेनी नगरपालिका– ४ सिंगा फापरखेतदेखि मंगाला गाउँपालिका– ३ पखेर जोड्ने पुलको दायाँबायाँ पुहच मार्ग बनाउने काम बाकी रहेको छ। दूईवटै पुल निर्माण गर्ने लुम्बिनी–प्राकृतिक जेभी निर्माण कम्पनीले २२ करोडमा रुपैयाँमा२०७५ सालमा ठेक्का लिएको थियो ।


सडक विभागले मंगला गाउँपालिका– २ बाबियाचौरको माटेबगर र वडा– ५ अर्मनको पोक जोड्ने मोटरेवल पुल निर्माण सम्पन्न गरेको छ । कोरोना र विभिन्न कारणले दुईबर्ष ढिला गरी ८० मिटर लामो पुलको सम्पन्न गरेको हो । मोटेरेपुलको अर्मन पोकको पहुँच मार्गको काम गरिरहेको छ ।

त्यस्तै ११७ मिटर लम्वाई र ११ मिटर चौडाइ रहेको बेनी नगरपालिका– ४ सिंगा फापरखेत र मंगला दायाँबायाँको पहुँचमार्ग निर्माण काम मात्र बाकी राखेको छ। तत्काल दायाँ बायाँको पहुच मार्गको काम सकेर दुईवटै पूल हस्तान्तरण योजनामा निर्माण कम्पनी रहेको छ ।

फापरखेत–पखरे जोड्ने पुल बनेपछि जिल्लाको मुख्य बेनी–दरवाङ सडक हुँदै बरंजा र अर्मन सीधा सडक सञ्जालमा जोडिनेछन् । बरंजा र अर्मनमा उत्पादन भएको कृषि उपजलाई बजारसम्म पुर्याउन र स्थानीयवासीहरु आवतजावत गर्न सहयोग पुग्ने मंगला गाउँपालिका– वडानम्वर ५ का वडाध्यक्ष भूपेन्द्र खत्रीले बताए । साथै यो पुलबाट बागलुङको ताराखोलासम्मका स्थानीयवासी पनि लाभान्वित हुनेछन् ।

यो संगै म्याग्दी नदिमा माथि पुर्वाधार विकास कार्यालयले मालिका गाउँपालिका– ६ दरवाङस्थित छ्यारछयारेमा वडानम्वर १ निस्कोटको बस्तीलाई छोड्ने बेलिव्रिज पुल निर्माण गरेको छ ।

धिरन खत्री

म्याग्दी अनलाईन डट् कमका संवाददाता हुन् l