मनाङबाट प्रतिनिधिसभामा कांग्रेसका टेकबहादुर गुरुङ बिजयी

  • ५ मंसिर २०७९, सोमबार
  • 725 पटक पढिएको

 

मनाङ ५ मंसिर । हिमाली जिल्ला मनाङबाट प्रतिनिधि सभा सदस्यमा नेपाली कांग्रेसका टेकबहादुर गुरुङ निर्वाचित भएका छन् ।

 

गुरुङले ३ सय २८ मतान्तरले नेकपा एमालेका पोल्देन छोपाङ गुरुङलाई हराउँदै निर्वाचित भएका हुन् । कांग्रेसका गुरुङले २ हजार ५ सय ७५ मत ल्याएका छन् । एमालेका गुरुङले २ हजार २ सय ४७ मत ल्याएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

यसअघि प्रदेश सभा ‘क’ मा नेपाली कांग्रेसका मुनिन्द्रजङ गुरुङ निर्वाचित भइसकेका छन् । यस्तै, प्रदेश सभा ‘ख’ मा स्ततन्त्र उम्मेदवार राजिव गुरुङ (दिपक मनाङे) निर्विरोध भएका थिए ।

कूल मतदाता ६ हजार ७ सय ७९ रहेको मनाङमा ४ हजार ८ सय ४५ मत खसेको थियोे जुन ७१ दशमलब ४७ प्रतिशत मत हो ।