प्रेस सेन्टर बागलुङले स्मारिका प्रकाशन गर्ने

  • १ भाद्र २०७९, बुधबार
  • 491 पटक पढिएको

बागलुङ भदौ १ । प्रेस सेन्टर नेपाल बागलुङले स्मारिका प्रकाशन गर्ने भएको छ । सेन्टरले जिल्लामा शाखा स्थापना भएपछि हालसम्म गरेका प्रगति विवरणहरु समेटेर स्मारिका प्रकाशन गर्ने निर्णय गरेको प्रेस सेन्टर नेपाल बागलुङका अध्यक्ष थम्मन थापा सन्देशले जानकारी दिए । सेन्टरको बुधबार बागलुङमा सम्पन्न बैठकले संगठनको कार्य सम्पादन सहज र व्यवस्थित बनाउन सदरमुकाम बागलुङ बजारमा सेन्टरको शाखा कार्यालय स्थापना गर्ने निर्णय गरेको अध्यक्ष थापाले बताए ।
त्यस्तै संगठनको गत वर्ष कात्तिकमा सम्पन्न ५ औं जिल्ला सम्मेलनमा घोषणा भएको १/१ लाख अक्षयकोषको पुरस्कार रकमलाई व्यवस्थित रुपमा सञ्चालन गर्ने र संगठनको आगामी साधारण सभा वा स्थापना दिवसमा जिल्लामा कृयाशिल २ जना पत्रकारलाई पुरस्कृत गर्ने निर्णय गरिएको उपाध्यक्ष सज्जन कुमार सिंहले जानकारी दिए ।
उनले पत्रकारिताको विकास र स्तरवृद्वि गर्ने उद्येश्यले जिल्ला स्थित पालिकाहरु सँगको समन्वयमा छिट्टै पत्रकारिता तालिम सञ्चालन गरिने बताए । त्यस्तै सेन्टरमा आवद्व पत्रकारहरुलाई प्रशिक्षण, गोष्ठी सञ्चालन गर्ने तयारी गरिएको उल्लेख गरे ।
सो अवसरमा प्रेस सेन्टर नेपाल बागलुङको विभिन्न जिम्मेवारीमा रहेका राजु खडका बागलुङ नगरपालिकाको नगर उप्रमुख, राज बहादुर थापा गलकोट नगरपालिका वडा नं ७ को वडा अध्यक्ष, कृष्ण सापकोटा बागलुङ नगरपालिका वडा नं ६ को वडा सदस्य र गंगा चोखाल गलकोट नगरपालिका वडा नं ६ को वडा सदस्यमा गत वैशाख ३० गते सम्पन्न स्थानिय तहको निर्वाचनमा निर्वाचित भएकोमा संगठनले बधाई ज्ञापन गरेको छ ।
सेन्टरले “पूर्ण प्रेस स्वतन्त्रता, श्रमजीवी, जनपक्षीय र व्यवसायिक पत्रकारको हक हित र अधिकारको निमित्त काम गर्दै आईरहेको छ । संगठन सामाजिक उत्तरदायित्व सहित बागलुङमा कृयाशिल रहेको छ ।