बेल्जियममा राष्ट्रिय भलिबलका क्याप्टेन अरुणालाई सम्मान

  • १२ असार २०७९, आईतवार
  • 755 पटक पढिएको

म्याग्दी, असार । नेपालको राष्ट्रिय महिला भलिबल टिमको टिम क्याप्टेन म्याग्देली खेलाडी अरुणा शाहीलाई बेल्जियममा सम्मान गरिएको छ । म्याग्दीको रघुगंगा गाउँपालिका–३ पिप्ले निवासी शाहीलाई म्याग्दी प्रवासी नेपाली संघ (मोना)बेल्जियम र राखु समाज बेल्जियमले सम्मान गरेका हुन् । खेल क्षेत्रबाट राष्ट्रिय तथा अन्तरािष्ट्रय स्तरमा जिल्लाको नाम राख्न सफल भएको भन्दै शाहीलाई भव्य सम्मान गरिएको थियो । मोना बेल्जियमका अध्यक्ष रकेन्द्र घिमिरेको अध्यक्षता, महासचिब रामचन्द्र थापा मगरको सञ्चालनमा सम्पन्न कार्यक्रममा उपाध्यक्ष ज्ञान रकालले स्वागत गर्नुभएको थियो ।


कार्यक्रममा एनआरएनए बेल्जियमका अध्यक्ष खड्क बहादुर केसीले मन्तव्य राख्नुभएको थियो । युरोनेपाल खेलकुद संघ बेल्जियमका महासचिब तुङ्ग निरौँलाको समेत उपस्थिति रहेको थियो । कार्यक्रमको प्रमुख अतिथिको आतित्यथा ग्रहण गर्दै क्याप्टेन शाहीले भलिबल प्रशिक्षणको शिलसिलामा नेडरल्याण्ड आइपुगेको र आफुले प्रशिक्षणमा सिकेको अनुभव, शिप तथा कौशलले नेपालको महिला भलिबल क्षेत्रलाई थप उचाईमा पु¥याउने विश्वास व्यक्त गर्नुभयो । आफुलाई मगरेको स्वागत र सम्मानप्रति धन्यबाद दिनुभएको थियो । कार्यक्रममा मोनाको तर्फबाट अध्यक्ष घिमिरेले मायाँको चिनो प्रदान गर्नुभएको थियो भने कोषाध्यक्ष विनु थापा मगरले खादा ओढाएर स्वागत गर्नुभएको थियो । खेल प्रशिक्षणको शिलसिलामा त्यहाँ पुग्नुभएकी शाहीलाई बेल्जियममा बसोबास गर्ने म्याग्दीको राखुबासीहरुले समेत स्वागत तथा सम्मान गरेका थिए ।