पर्वतमा पहिरोले घर पुरिदा तीन जनाको मृत्यू

  • १८ असार २०७४, आईतवार
  • 2133 पटक पढिएको

पर्वत १८ असार÷ पर्वत जिल्लाको महाशिला गाउँपालिका १ होसाङ्दीमा गएराती बर्षासंगै आएको पहिराले घर पुरिदा तीन जनाको मृत्यू भएको छ।


घर माथि डाडाँबाट आएको पहिरोले पुरिदा, घरधनि ६३ बर्षिय तीर्थबहादुर मल्ल, आमा ८० बर्षिय बिनाकुमारी मल्ल र श्रीमती ५५ बर्षिय यमकुमारी मल्लको घटनास्थलमै मृत्यु भएको पर्वतको इलाका प्रहरी कार्यालय हुवासले जानकारी दिएको छ ।

रातको १२ बजे पहिरो खसेर घर पुरिएको हो । स्थानीयबासी र सुरक्षाकर्मीको खोजी कार्यले उनीहरुलाई मृतअवस्थामा फेला पारेको थियो ।

पहिरोले गर्दा उक्त स्थानमा जोखिममा रहेका ६ घरपरिवारलाई सुरक्षित स्थानमा सारिएको महाशिला गाउँपालिका अध्यक्ष राजु पौडेलले जानकारी गराउनुभएको छ ।
घटनास्थलमा पर्वतको हुवास इलाका प्रहरी कार्यालयको टोली पुगेका थियो ।