काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्रको पहिलो निर्णय: नगर कार्यपालिकाको बैठक ‘लाइभ’ गर्ने
- १६ जेष्ठ २०७९, सोमबार
- 1215 पटक पढिएको
काठमाडौं १६ जेठ । काठमाडौं महानगरपालिकाका नवनिर्वाचित नगरप्रमुख बालेन्द्र साहले नगर कार्यपालिकाको बैठक लाइभ गर्ने निर्णय गरेका छन्। सुन्धारामा रहेको महानगरको कार्यालयमा पदभार ग्रहण गर्दै उनले दिउँसो ४ बजे नगर कार्यपालिकाको बैठक बोलाउने र बैठक लाइभ गर्ने निर्णय गरेका हुन्।

पदभार ग्रहणपछि प्रतिक्रिया दिँदै उनले आफूले फोहोर व्यवस्थापनलाई प्राथमिकतामा राखेर काम सुरु गर्ने बताएका छन्। त्यस्तै, नगर उपप्रमुख सुनिता डंगोलले पनि पदभार ग्रहण गरेकी छिन्।