जोमसोम जाँदा सम्पर्कविहीन तारा एयरको जहाजमा ६ विदेशीसहित १९ यात्रु

  • १५ जेष्ठ २०७९, आईतवार
  • 666 पटक पढिएको

पोखरा १५ जेठ । पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको जहाज सम्पर्कविहीन भएको छ। आइतबार बिहान पोखरा विमानस्थलबाट उडेको नाइन एन एइटी जहाज सम्पर्कविहीन भएको हो । यति एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाका अनुसार जहाजमा १९ जना यात्रु थिए । तीमध्ये दुई जना तेस्रो मुलुकका, चार जना भारतीय र १३ जना नेपाली रहेको उनले जानकारी दिए । जहाज क्याप्टेन प्रभाकरप्रसाद घिमिरेले उडाएका थिए। चालक दलमा अरू दुई जना सदस्य रहेको बर्तौलाले जानकारी दिए ।


मुस्ताङका डिएसपी रामकुमार दानीका अनुसार १० बजेर १५ मिनेटमा अवतरण हुनुपर्ने थियो। तर मुस्ताङको आकाशमा प्रवेश गरिसकेपछि जहाज सम्पर्कविहीन भएको दानीले बताए । जहाजको खोजीकार्य भइरहेको छ । हराइरहेको विमान दुर्घटनामा परेको आसंका गरिएको छ । अहिले आकास र स्थलमार्गबाट सम्भावित क्षेत्रमा खोजी गर्ने कार्य सुरु भएको छ ।