पोखराबाट जोमसोम उडेको तारा एयरको जहाज सम्पर्कविहीन

  • १५ जेष्ठ २०७९, आईतवार
  • 581 पटक पढिएको

फाइल तस्वीर

पोखरा १५ जेठ । पोखराबाट मुस्ताङको जोमसोमका लागि उडेको तारा एयरको ९ एन एईटी ट्विनअटर विमान सम्पर्कविहीन भएको छ । १९ जना यात्रु लिएर विहान ९ बजेर ५५ मिनेटमा पोखराबाट उडेको जहाज सम्पर्कविहीन भएको हो । तारा एयरका एक अधिकारीका अनुसार अवतरण गर्ने समय भएपनि जहाज अहिलेसम्म सम्पर्कमा छैन । जहाजबारे खोजविन सुरु भएको छ । म्याग्दीको आकास सम्म सम्पर्कमा रहेको जहाज मुस्ताङको सिमाना पुगेपछि सम्पर्कमा नरहेको बताइएको छ ।