भरतपुर महानगरपालिकाको मेयरको पहिलो निर्णय : सरकारी अस्पतालमा जन्मिएका छोरीको जीवन बीमा

  • ११ जेष्ठ २०७९, बुधबार
  • 573 पटक पढिएको

चितवन ११ जेठ । चितवनको भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालले सरकारी स्वास्थ्य संस्था वा अस्पतालमा जन्मिएका छोरीहरुको जीवन बीमा गरिदिने निर्णय गरेकी छन् ।

महानगरपालिकाको मेयरमा दोस्रो कार्यभार सम्हाल्दै मेयर दाहालले सरकारी अस्पतालमा जन्मिएका छोरीहरुले १५ वर्षपछि पाउने गरी एक लाख बराबरको जीवन बीमा गरिदिने निर्णय गरेकी हुन् । त्यस्तै उनले महानगरपालिका भित्रका स्थानीयको लागि सात हजारसम्म खानेपानीको महसुल तिरिदिने दोस्रो निर्णय गरेकी छन् । भरतपुरमा नेकपा माओवादी केन्द्र र काँग्रेसको गठबन्धन बिजयी भएका छन् ।