स्याङ्जामा जीप दुर्घटना हुँदा ५ जनाको मृत्यु, ६ जना घाइते

  • ४ बैशाख २०७९, आईतवार
  • 697 पटक पढिएको

स्याङ्जा, ४ वैशाख । स्याङ्जामा जीप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । डाँडाखर्क गाउँबाट वालिङ तर्फ आँउदै गरेको ग १ ज ७३९९ नम्बरको जीप आइतबार विहान १० बजे वालिङ नगरपालिका–१२ डाँडाखर्क स्थित भित्री सडक खण्डमा दुर्घटना हुँदा एक बालकसहित पाँच जनाको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

मृत्यु हुनेमा वालिङ नगरपालिका(१२ डाँडाखर्कका ६५ वर्षका वीरबहादुर दाला, ४५ वर्षकी हिरा दाला, २५ वर्षकी शर्मिला सारु र ६१ वर्षकी कुलकुमारी कनौजेको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता इन्सपेक्टर पदमराज थापाले जानकारी दिए । दुर्घटनामा शर्मिला सारुका छोरा ६र७ महिनाका बालकको पनि मृत्यु भएको प्रहरीले जनाएको छ ।

जीप सडकबाट २०० मिटर तल खसेर दुर्घटना भएको हो । दुर्घटनामा चालकसहित ६ जना घाइते भएका छन् । घाइते हुनेहरुमा जीप चालक ६० वर्षका दलबहादुर थापा, वालिङ नगरपालिका(१२ का अंगबबहादुर दाला, मायाकुमारी सारु, योगेन्द्र थापा, नविना सारु र लक्ष्मी दाला रहेका छन् । उनीहरुको पोखराको गण्डकी मेडिकल कलेजमा उपचार भइरहेको प्रहरी निरीक्षक थापाले जानकारी दिए ।