बेनीमा स्वच्छ दूध उत्पादन तालीम

  • १४ असार २०७४, बुधबार
  • 2616 पटक पढिएको

बेनी १४ असार । बेनीमा बुधबारदेखि स्वच्छ दूध उत्पादन तालीम सुरु भएको छ । जिल्ला समन्वय समितिको सहयोगमा पशु सेवा कार्यालयले आयोजना गरेको तालीम तिन दिन सम्म सञ्चालन हुने जनाइएको छ । तालीममा म्याग्दीका विभिन्न ठाउँमा दूध उत्पादनका लागि व्यवसायीक गाईभैसी पालन गरेका ४० जना कृषकहरुको सहभागीता रहेको छ ।

स्वच्छ र गुणस्तरीय दूध उत्पादन वृद्धी गर्न कृषकहरुलाई प्राबिधिक ज्ञान सिप प्रदान गर्ने उद्देश्यले तालीमको आयोजना गरिएको कार्यालयले जनाएको छ । तालीमको बरिष्ठ पशु चिकित्सक मनबहादुर पुन, पशु विकास अधिकृत नरबहादुर बानिया, पशु चिकित्सक जिवन आचार्य, पशु सेवा प्राबिधिक डिल्लीराम रेग्मी, सुभास रेग्मी र प्रदिप गौतमले सहजिकरण गर्नुहुने जनाएको छ ।

तालीममा पशु र गोठको सरसफाई, दूधको स्च्छतामा ध्यान दिनुपर्ने पक्ष, पशुको हेरचाह, दूधको फाईदाको विषयमा कृषकहरुलाई जानकारी गराइने जनाइएको छ ।