नेपाल राष्ट्रिय उद्योग व्यवसाय महासंघ म्याग्दीको अध्यक्षमा शर्मा

  • २० चैत्र २०७८, आईतवार
  • 577 पटक पढिएको

म्याग्दी २० चैत । नेकपा एमाले निकट व्यवसायीहरुको संगठन नेपाल राष्ट्रिय उद्योग व्यवसाय महासंघ म्याग्दीको अध्यक्षमा नारायण शर्मा निर्वाचित हुनुभएको छ । आइतवार बेनीमा सम्पन्न महासंघको प्रथम जिल्ला अधिवेशनबाट शर्माको अध्यक्षतामा ३५ सदस्यीय जिल्ला कमिटी गठन भएको हो । कमिटीको उपाध्यक्षमा सुरेन्द्रराज शर्मा, कोषानन्द आचार्य, सचिवमा राजु बानियाँ, कोषाध्यक्षमा मञ्जु बानियाँ चयन हुनुभएको छ ।


त्यस्तै सहकोषाध्यक्षमा तिलक पुन, उपसचिवमा श्रीमाया बिश्वकर्मा, याम बहादुर बानियाँ र होम बहादुर थापा चयन हुनुभएको अध्यक्ष शर्माले जानकारी दिनुभयो । अधिवेशनको उद्घाटन गर्दै प्रमुख अतिथि नेकपा एमालेका केन्द्रिय सदस्य एवम जिल्ला ईन्चार्ज भूपेन्द्र बहादुर थापाले समृद्ध नेपाल र शुखि नेपालीको सपनालाई साकार पार्नका लागि सम्पूर्ण व्यवसायीहरुको व्यवसायिक हकहित स्थापित गर्न यस महासंघको महत्वपूर्ण भूमिका रहेको बताउनुभयो ।

नेकपा एमाले गण्डकी प्रदेश सचिवालय सदस्य हरिकृष्ण श्रेष्ठले महासंघले पार्टीको भातृ संगठनको रुपमा गति लिएकाले यसलाई सशक्त बनाएर अगाडि बढाउनुपर्ने बिचार व्यक्त गर्नुभयो । अधिवेशन आयोजक कमिटीका अध्यक्ष शर्माको अध्यक्षता, उपाध्यक्ष दिनेश केसीको स्वागत र सचिव राजु बानियाँको संचालनमा अधिवेशन सम्पन्न भएको थियो ।