लायन्स क्लव अफ बेनी पिस सिटीको अध्यक्षमा पाईजा

  • १५ चैत्र २०७८, मंगलवार
  • 477 पटक पढिएको

बेनी, १५ चैत । लायन्स क्लव अफ बेनी पिस सिटीको सोमबार सम्पन्न सातौं अधिवेशनबाट बर्ष २०२२÷०२३ का लागि अध्यक्ष पदमा नन्दु पाईजा सर्वसम्मत चयन हुनुभएको छ । बेनीमा सम्पन्न अधिवेशनबाट क्लवको प्रथम उपाध्यक्षमा सन्दिप खत्री, दितृय उपाध्यक्षमा विरेन्द्र श्रेष्ठ, तृतीइ उपाध्यक्षमा दिपक श्रेष्ठ, सचिवमा बामदेव रिजाल, कोषाध्यक्षमा दुर्गा बुढामगर सर्वसम्मत चयन भएका छन् ।


क्लवले एलसिआईएफ,मेम्वरसिप लगायत विभिन्न संयोजक पदमा समेत चयन गरेको छ । क्लवको स्थापनाकालदेखि जिल्लामा विभिन्न सामाजिक कार्यका साथै कोरोना रोकथाम अभियानमा निशुल्क एम्वुलेन्स सहितको सेवा प्रदान गरेको थियो । साधारणसभामा संस्थापक अध्यक्ष राजेश शाक्य, लायन्स क्लव अन्तराष्ट्रियका सिनियर एड्भाईजर लोकेश पुन, पुर्व अध्यक्ष खमथापामगर, निवर्तमान अध्यक्ष सुर्वण रिजाल लगायतको उपस्थित रहेको थियो ।