मुस्ताङमा “लुकेको हिरा“ विमोचन सम्पन्न

  • ११ असार २०७४, आईतवार
  • 4010 पटक पढिएको

प्राकृतिक सौन्दर्यले भरिपर्ण हिमाल पारीको जिल्ला मुस्ताङको घरपझोङ गाउँपालिका वडा नं. ५, ठिनी स्थित जन मुक्ति युवा क्लबले प्रकाशन गरेको “लुकेको हिरा“ स्मारिकाको शनिबार विमोचन गरिएको छ ।
सांसद श्री माया थकालीले उक्त स्मारिका विमोचन गरेकी हुन् । स्मारिका विमोचन गर्दै प्रमुख अतिथि थकालीले लुकेको हिराका रुपमा रहेको ठिनीलाई बाहिर ल्याउनु पर्ने बताईन् । विभिन्न कठिन परिस्थतिका वीच क्लव स्थापनको अवस्थालाई स्मरण गर्दै थकालीले सोही क्लवले प्रकाशन गरेको स्मारिका आफूले विमोचन गर्न पाउँदा हर्षित भएको बताईन । कठिनाई बाबजुत क्लब भवन निर्माण, क्लबको आम्दानी स्वरूप केवल टि भि., ट्रांस्लेसन जडान आफ्नै पालामा बनाएको र

अहिलेको क्लबका पदाधिकारीहरुले व्यवस्थापन गरेको देख्दा एकदमै खुसि भएको भन्दै क्लबका भूतपूर्व अध्यक्ष सन प्रसाद थकालीले प्रसन्नता व्यक्त गरे । स्मारिका विमोचन कार्यक्रममा नव निर्वाचित वडा अध्यक्ष विरेन्द्र थकालीले गाउँको हरेक विकास कार्यमा क्लबका युवाहरुसंग हातेमालो गरि अगाडि बढ्ने बताए ।

धेरै चुनौतीहरुलाई पन्छाउदै हरेक विकास पूर्वाधारहरुलाई अगाडी बढाउने र “लुकेको हिरा“ स्मारिका प्रकाशनलाई निरन्तरता दिने क्लवका अध्यक्ष नरेन्द्र थकालीले बताए । स्मारिका प्रकाशनमा विज्ञापन, लेख रचना तथा जानकारीहरु पलब्ध गराउने रचनाकार तथा लेखकहरुलाई अध्यक्ष थकालीले धन्यवाद ज्ञापन गरेका छन् । क्लवका अध्यक्ष नरेन्द्र थकालीको अध्यक्षता र क्लबका उपाध्यक्ष महेश थकालीको सञ्चालनमा सम्पन्न कार्यक्रममा घरपझोङ र ठिनीको इतिहासको बारेमा प्रकाश पार्दै स्मारिका प्रकाशने प्रमुख उद्देश्य सहित क्लबका सचिव तथा स्मारिकाका सम्पादक निरज थकालीले स्वागत मन्तब्य दिएका थिए ।

१२ वर्षमा आउने १२ वर्षे देवी दर्शनको अवसर पारेर स्मारिका प्रकाशन गरिएको हो । साथै सोही कार्यक्रमको अवसरमा एसइइ २०७३ मा ठिनी गाउमा उत्कृष्ट अंक ल्याउने पाल्साङ गुरुङ र दलित जेहेन्दारमा सुनिता बि.क. लाई क्लबद्वारा रु.५०००।– हजारका दरले छात्रवृत्ति प्रदान गरिएको थियो । त्यसैगरि क्लवको आयोजनामा सम्पन्न थकाली भाषा प्रशिक्षण कार्यक्रममा मुख्य प्रशिक्षकको कर्ण थकालीलाई समेत सम्मान गरिएको थियो । कार्यक्रममा बक्ताहरुले स्मारिको निरन्तरताको शुभकामना दिएका थिए । त्यसैगरि नव वडा नं. ५ ठिनीका सम्पूर्ण जनप्रतिनिधिहरुलाई समेत क्लवले सम्मान गरेको छ । स्मारिका विमोचन कार्य नव निर्वाचिन जनप्रतिधिहरु, गाउँमुखिया र आमा समूहका पदाधिकारीहरु र गाउँका भद्रभलादमीहरुको वशेष उपस्थिति रहेको थियो ।