एनआरएनए ओसिनिया क्षेत्रीय संयोजकमा न्यूजील्याण्डबाट म्याग्दीका केसीको उम्मेदवारी
- २८ फाल्गुन २०७८, शनिबार
- 983 पटक पढिएको
म्याग्दी २८ फागुन । म्याग्दीको बेनी नगरपालिका–४, बास्कुनाका लाल केसीले गैरआवासी नेपाली संघ (एनआरएनए) को ओसिनिया क्षेत्रीय संयोजकमा उम्मेदवारी दिनुभएको छ । न्यूजील्याण्डमा बस्दै आउनुभएका केसीले निर्वाचन समिति समक्ष आफ्नो उम्मेदवारी दर्ता गराउनुभएको हो ।
न्यूजील्याण्ड एनसीसीको नेतृत्व सहित आधा दर्जन संघसंस्थामा आवद्ध रहनुभएका केसीसँग संस्थागत नेतृत्व र सहकार्यको राम्रो अनुभव छ । बास्कुनामा सुन्तला खेती समेत गरिरहनुभएका केसी न्यूजील्याण्डमा किबी खेतीका लागि प्रख्यात हुनुहुन्छ । न्यूजील्याडको नेतृत्व तहमा बसेर काम गर्दा धेरै कुरा सिकेको र संस्थागत विकासमो अनुवभ बुझ्ने मौका पाएकाले ओसिनिया क्षेत्रमा रहेका नेपालीहरुको समस्याहरुलाई सम्बोधन गर्नका लागि आफुले उम्मेदवारी दिएको बताउनुभयो ।
अष्ट्रेलियाले यसअघिका दुई कार्यकाल ओसिया क्षेत्रको नेतृत्व गरिसकेको बताउँदै केसीले यसपटक न्यूजील्याण्डलाई दिनुपर्ने केसीको तर्क छ । केसीलाई न्यूजील्याण्ड र अष्ट्रेलियाका अधिकांश प्रतिनिधिको साथ रहेको छ । संघको निर्वाचन २१ र २२ मार्चमा अनलाइनमार्फत हुँदैछ ।