म्याग्दी जेसीज उत्कृष्ट शाखा

  • २२ फाल्गुन २०७८, आईतवार
  • 1104 पटक पढिएको

 

बेनी, २२ फागुन । म्याग्दी जेसीजले उत्कृष्ट शाखाको पुरस्कार पाएको छ । काठमाडौमा शनिबार भएको नेपाल जेसीजको क्षेत्र (ख)को लोम अफिसर एकेडेमीमा फेब्रअरी महिनामा उत्कृष्ट कार्यक्रम गरेकोमा म्याग्दी जेसीजलाई उत्कृष्ट शाखाको सम्मान प्रदान गरिएको हो ।

नेपाल जेसीजका अध्यक्ष लालमणी भण्डारी र इभिपी सुनिल तिमिल्सीनाले म्याग्दी शाखालाई उत्कृष्ट घोषणा गर्दै शाखा अध्यक्ष सन्दिप खत्रीलाई प्रमाणपत्र प्रदान गर्नुभएको थियो । म्याग्दी जेसीज नेपाल जेसीजको क्षेत्र (ख)मा पर्छ ।

जेसिजले हरेक महिना शाखाहरुले गर्ने गतिबिधीको मूल्याङ्कन गरेर उत्कृष्ट शाखा घोषणा र पुरस्कृत गर्दै आएको छ । म्याग्दी जेसीजले गत फेब्रअरी महिनामा सामाजिक कुरिति, दुब्र्यसनी विरुद्ध सचेतनामुलक कार्यक्रम गरेको थियो ।

शाखाका सदस्यहरुको क्षमता तथा नेतृत्व विकास तालिम, ढोलथानमा पर्यटन सूचना बोर्ड स्थापना, पात्लेखेतको दिपक मावीलाई डस्टबिन र घतान स्वास्थ्य चौकीलाई सरसफाईका सामग्री सहयोग गरेको थियो ।

सकारात्मक सोच र तनाव ब्यवस्थापन तालिम, आमाहरुले पढ्ने उज्यालो वैकल्पिक बिद्यालय सञ्चालनका लागि रु. एक लाख सहयोग गरेको शाखा सम्पादक दिनेशकुमार विश्वकर्माले बताउनुभयो । सम्मानले उत्साहीतका साथै सामाजिक क्षेत्रमा थप क्रियाशिल हुने जिम्मेवादी बढेको अध्यक्ष खत्रीले बताउनुभयो ।