दिवंगत छोरीको सम्झनामा विद्यालयमा अक्षयकोष स्थापना

  • २० फाल्गुन २०७८, शुक्रबार
  • 1478 पटक पढिएको

साजन परियार
जलजला २० फागुन । पर्वतको जलजला गाउँपालिका–७ धाइरिङमा रहेको फर्से धाईरिङ माध्यमिक विद्यालयमा अक्षयकोष स्थापना गरिएको छ । स्थानीय समाजसेवी योगनाथ रिजाल (हरि ) र राधिका रिजालका दम्पतीले आफ्नो दिवंगत छोरिको सम्झनामा एक अक्षकोष स्थापना गर्नुभएको हो । कक्षा १ मा अध्यानरत रितिस्मा रिजालको ५ बर्ष को उमेरमा बिरामी भै उपचारको क्रममा निधन भएको थियो । कार्यक्रममा बोल्दै हजुरबुवा मुक्तिराम रिजालले गरिब जेहेन्दार विद्यार्थी हरुलाई छात्रवृत्ति दिनको लागि रु ३० हजार तीन सय रकमको कोष स्थापना गरेको बताउनुभयो ।
रितिस्मा रिजाल स्मृति दिवसको अवसर पारेर रिजाल परिवारले विद्यार्थीहरुलाई शैक्षिक सामग्री हस्तान्तरण समेत गर्नुभएको छ । बिध्यालयमा यस अघि रु तीन लाख ३५ हजार २९८ रकम जम्मा गरि कुलप्रसाद आचार्यले मुना स्मृति अक्षय कोष स्थापना गर्नुभएको छ । उक्त कोषबाट विद्यालयमा अध्ययनरत भएर एक देखि १० कक्षासम्म प्रथम हुने छात्रछात्रालाई नगद पुरस्कार दिने जनाइएको छ । त्यसैगरि विद्यालयको शैक्षिक गुणस्तर सुधारमै सघाउन विद्यार्थीहरुलाई प्रोत्साहन गर्न सरस्वती स्मृति अक्षय कोष रु ३० हजार रकमको , चक्रपाणी स्मृति अक्षय कोष रु २५ हजार पाँच  सय पचिस रुपैयाको स्थापना भएको छ भने मुकुन्द प्रसाद आचार्य, जगन्नाथ आचार्य र कमल नयन आचार्यले बिद्यालयको पुस्तकालयमा आबस्यक सामग्री खरिदको लागि रु एक लाखको बालभद्र स्मृति अक्षयकोष स्थापना गर्नुभएको छ ।

त्यसैगरि खिमप्रसाद पौडेलले गरिब तथा जेहन्दार विद्यार्थीहरुलाई छात्रवृत्तिको लागि रु १५ हजार २ सय पचपन्न रकमको मन्दरी स्मृति अक्षयकोष र दामोदर पौडेल र नरनारायण पौडेलले रु ५० हजार रकमको गरिब तथा जेहन्दार विद्यार्थीको छात्रवृत्तिको लागि कमला शर्मा पौडेल अक्षय कोष स्थापना गरिसक्नुभएको विद्यालयका प्राध्यापक मुकुन्द प्रसाद आचर्यले जानकारी दिनुभयो । बिध्यालय ब्यवस्थापन समितिको अध्यक्ष हरि प्रसाद आचार्यको अध्यक्षता, शिक्षक डिल्लीराम आचर्यको स्वागत मन्तव्य र शिक्षक डिल्लीराम पौडेलको संचालनमा कार्यक्रम सम्पन्न भएको थियोे ।