कालीपुलमा अतिक्रमित सार्वजनिक जग्गा फिर्ता गर्न ताकेता

  • २० फाल्गुन २०७८, शुक्रबार
  • धिरन खत्री
  • 952 पटक पढिएको

म्याग्दी, २० फागुन । बेनी नगरपालिका– ८ स्थित पुरानो कालीपुल बजारमा ब्यक्तिले अतिक्रमित गरेको सार्वजनिक जग्गा छोड्न ताकेता गरिएको छ । कालीपुलमा रहेको सार्वजनिक जग्गा ब्यक्तिले ओगटेपछि वडानम्वर ८ का जनप्रतिनिधि र नापी कार्यालयको प्राविधिक सहयोगमा छुट्याएको सार्वजनिक जग्गा फिर्ताका गर्न धरधनीलाई ताकेता गरिएको हो ।


कालीपुलस्थित पुरानो पुल नजिकमा घरको सिमानासंग जोडिएको सार्वजनिक जग्गा घरधनिले कालीगण्डकी किनारसम्मै ओगटेपछि नगरपालिकाले नापी कार्यालय म्याग्दीको प्रविधिक सहयोगमा सार्वजनिक जग्गा छुट्याइएको बेनी नगरपालिका प्रवक्त एवम् वडानम्वर ८ का वडाअध्यक्ष रामकृष्ण बराईलीले बताउनुभयो । ‘ब्यक्तिसंग जोडिएको साधसिमानमा रहेको सार्वजनिक जग्गो ६ जना घरधनिले ओगटेको भेटिएको छ,- अध्यक्ष बराईलीले भन्नुभयो  ‘सार्वजनिक जग्गा ओगटेका घरधनीलाई पत्र काटेर वा फोनमार्फत जानकारी गराएर सार्वजनिक जग्गा फिर्ता गर्न ताकेता गरेका छौ ।’


वडाअध्यक्ष बराईलीसहित वडासदस्यद्धय हिरा पुन र हिमबहादुर भण्डारीको उपस्थित, नापी कार्यालयका सर्वेक्षक नारायप्रसाद पौडेल र अमिन निरोज गिरीको प्राविधिक सहयोगमा ब्यक्तिले ओगटेको सार्वजनिक जग्गा छुट्याउनुभएको थियो ।


नदीको किनारमा रहेको सार्वजनिक जग्गामा बाल उधान बगैचासंगै कालीपुल बसर्पाकमा पुग्ने पैदलर्माग खोल्ने वडाको योजना रहेको अध्यक्ष बराईलीले भन्नुभयो । “यस आर्थिक बर्षमा नगरपालिकाबाट विनियोजन भएको ४ लाख रुपैयाँ बजेटबाट सार्वजनिक जग्गा घेराबार गर्ने छौ । आगामी आर्थिक बर्षमा नगरपालिकाबाट थप बजेट विनियोजन गरेर बाल उद्यान बगैचाको पुर्वाधार निर्माण योजना रहेको छ ।” सदरमुकाम बेनीमा सार्वजनिक जग्गा अधिक्रमण बढ्दो छ । अतिक्रमित सार्वजनिक जग्गा फिर्ता गराउन नगरपालिकाले चासो देखाएपनि राजनैतिक संरक्षणको आडमा अतिक्रमण गरेका व्यक्तिहरुले अटेरी गरिरहेका छन् ।

धिरन खत्री

म्याग्दी अनलाईन डट् कमका संवाददाता हुन् l