जापानमै निधन भएका शिखका चमान सिंह पाईजाको अन्त्येष्टि गरियो

  • १२ फाल्गुन २०७८, बिहीबार
  • 1130 पटक पढिएको

जापान १२ फागुन । रोजगारको शिलसिलामा जापानमै ज्यान गुमाएका म्याग्दीको अन्नपूर्ण गाउँपालिका– ५ शिखका ४९ वर्षीय चमान सिंह पाईजा मगरको अन्त्येष्टि गरिएको छ । जापानको आईचि केन टोयोटासिमा रहेको एक कम्पनीमा विगत २१ वर्षदेखि कार्यरत रहनुभएका मगरको फेब्रुअरी १३ मा मृत्यु भएको थियो ।


घटनाको जानकारी पाए लगतै गैर आवासीय नेपाली संघ आईसीसी सदस्य एवम म्याग्दी प्रवासी नेपाली संघ (मोना) आईसीसी (एसिया प्यासिफिक संयोजक)दीपक कार्कीको नेतृत्वमा सबै प्रक्रिया पुरा गरी विहिवार दिबंगत शरिरको अन्तिम संस्कार गरिएको मोना जापान क्षेत्रीय समिती नागोयाका सचिव सागर थापा बगालेले जानकारी दिनुभयो ।

मगरको अन्तिम संस्कारमा सहभागी मोना जापानका प्रतिनिधि ,गैर आवासीय नेपाली संघका अभियान्ता ,विभिन्न संघ संस्थाका प्रतिनिधीहरुलाई म्याग्दी प्रबासी नेपाली संघ मोना (जापान )क्षेत्रीय समिति नागोयाले धन्यवाद ज्ञापन गरेको छ । यस दुखत घडिमा  साथ र सहयाेग गर्नुहुने माेना अाइसीसीका बरिष्ठ उपाध्यक्ष ददिवल खड्कालाइ माेना नागाेया क्षेत्रीय समितिले अाभार प्रकट गरेकाे छ । दिवंगतको मृतकको अस्तु मोना जापानका अध्यक्ष सचिन श्रेष्ठ ज्यु मार्फत मार्च २ तारिक नेपाल पठाईने जनाइएको छ ।