काठमाडौं महानगरको निर्णयः जनप्रतिनिधिलाई मोबाइल फोन बाँड्ने

सेवा सुविधाका लागि ३५ लाख निकासा

  • ८ असार २०७४, बिहीबार
  • 1975 पटक पढिएको

८ असार । काठमाडौं महानगरबासीले झण्डै २० वर्षपछि जनप्रतिनिधि पाए । जनप्रतिनिधि हुँदा विकास निर्माण तथा आफ्ना दैनिक समस्या सम्बोधन होला भन्ने भनेर आफ्नो मनले खाएका उम्मेदवारलाई जिताएर पठाए ।चुनाव जित्नुअघिसम्म ठुल्ठुला जनपक्षीय नाराहरु अघि सारेका नेताहरुले महानगरपालिकाको बैठकबाट अलोकप्रिय निर्णयहरु गर्न थालेका छन् । महानगरका जनप्रतिनिधिले भने आफ्ना लागि मोबाइल फोन किन्ने निर्णय गरेको पाइएको छ । नगर कार्यपालिकाको मंगलबार बसेको बैठकले जनप्रतिनिधिको सेवा सुविधाका लागि भन्दै ३५ लाख रुपैयाँ छुट्याउने निर्णय गरेको छ ।

त्यो रकममा त मोबाइल खरिद पनि समावेश रहेछ । काठमाडौं महानगरपालिकाका मेयर र उपमेयरलाई आफूले रोजेको मोबाइल किन्ने छुट दिइएको छ । उनीहरुले मोबाइल किनेर बिल पेश गरेपछि रकम पाउनेछन् ।नगर कार्यपालिका सदस्यका लागि मोबाइल खरिदका लागि ३० हजार रुपैयाँ दिइने भएको छ । नगरकार्यपालिका सदस्यमा ३२ वडाका वडाध्यक्ष र ८ सदस्य छन् । यसरी हेर्दा नगरकार्यपालिका सदस्यका लागि मोबाइल किन्न मात्र १२ लाख खर्च हुन्छ । मेयर र उपमेयरले किन्ने मोबाइलको खर्च छुट्टै हुनेछ मोबाइल किन्ने निर्णय गर्नु भएछ नि भन्ने प्रश्नमा उपमेयर हरिप्रभा खड्गीले भनिन्, ‘वडाध्यक्षहरु हामीभन्दा पनि व्यस्त हुन्छन्, मोबाइल त चाहिहाल्यो नि ।’महानगरले मोबाइलमात्रै किन्ने निर्णय गरेको होइन कि मेयर र उपमेयरले बिल बमोजिम मोबाइल खर्चसमेत पाउनेछन् । नगर कार्यपालिका सदस्यलाई मासिक रुपमा २५ सय टेलिफोन खर्च दिने निर्णयसमेत भएको छ ।

मेयर र उपमेयरलाई १५०० बैठक भत्ता

काठमाडौं महानगरपालिकाले मेयर र उपमेयरका लागि १५ सय बैठक भत्ता दिने निर्णय पनि गरेको छ । साथै नगर कार्यपालिकाका सदस्य र आमन्त्रित सदस्यहरुलाई १ हजार तोकिएको छ । यो नगर कार्यपालिकाको बैठक बस्दा मात्र पाइनेछ ।बैठकमा आउँदा १ हजार यातायात खर्च पनि दिइनेछ । तर, महानगरबाट कुनै सवारी सुविधा लिएको भए यातायात खर्च नदिइने महानगरपालिकाले बताएको छ ।

source; onlinekhaber