गलेश्वरधाम आमा समूहको नयाँ नेतृत्व चयन

  • २२ माघ २०७८, शनिबार
  • 916 पटक पढिएको

म्याग्दी २२ पुस । म्याग्दीको बेनी नगरपालिका–९ गलेश्वरमा रहेको गलेश्वरधाम आमा समूहको नयाँ नेतृत्व चयन भएको छ । शनिवार सम्पन्न ११ औँ बार्षिक साधारण सभा तथा तेस्रो अधिवेशनबाट फुलकुमारी रोकाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरिएको हो । समितिको उपाध्यक्षमा विन्दु कार्की पुर्जा, सचिबमा निशा जिसी महत, सहसचिबमा नविना केसी कार्की, कोषाध्यक्षमा मनु फगामी चयन हुनुभएको छ ।

त्यसैगरि सदस्यहरुमा आशिका पुर्जा, पुस्पा सापकोटा,देवी पाईजा, सरस्वती विक, कुमारी पुन, जविना सुवेदी, चाहना केसी, मनिता पुर्जा, हिरा एरी, शोभा विक र सल्लाहकारमा गौमायाँ गर्वुजा र रविना भण्डारी खड्का चयन हुनुभएको छ ।     गलेश्वरधाम आमा समूहले विविध सामाजिक कार्यमा सक्रियता जनाउँदै आएको छ । कार्यक्रम समुहका अध्यक्ष गौमाया गर्वुजा को अध्यक्षता, वडा अध्यक्ष वेल वहादुर चोखाल को प्रमुख आतिथ्यता, मनु फगामी को स्वागत र रविना भण्डारी को संचालन मा सम्पन्न भएको थियो ।                   कार्यक्रममा वडा अध्यक्ष चोखाल, जिल्ला सहकारी संघ का अध्यक्ष दिपक कार्की, जिल्ला दलित संघका बाल कुमार लामिछाने, गलेश्वर शिवालय क्षेत्र विकास कोष का उपाध्यक्ष बम वहादुर पुन, समुहका निसा जिसी महत लगायतले मन्तव्य राखेका थिए ।