पर्यटकीय रुइसेमा हिउँमा रमाउँदै आन्तरिक पर्यटक (तस्बिर)

  • २१ माघ २०७८, शुक्रबार
  • 869 पटक पढिएको

म्याग्दी २१ माघ । म्याग्दीको रघुगंगा गाउँपालिका–२ मा अवस्थित पर्यटकीय स्थल रुइसेमा हिमपातपछिको हिउँमा रमाउनका लागि आन्तरिक पर्यटक पुग्न थालेका छन् । रुइसे क्षेत्र अहिले हिमपातले सेताम्मे बनेको छ। नजिकका बस्तीबाट विहानैदेखि रुइसे क्षेत्रमा पुग्नेक्रम बढेको छ।

गयरातीदेखि परेको भारी हिमपातले म्याग्दीको हिमाली र उच्च पहाडी क्षेत्र हिमपातले सेताम्मे बनेको छ । रुइसे धौलागिरि आइसफल पदमार्गको प्रवेशद्धार समेत मानिन्छ । पछिल्लो समय रुइसेमा भ्यूटावर लगायतका पर्यटन पूर्वाधार निर्माण भएपछि आन्तरिक पर्यटकहरुको आकर्षण बढेको छ । यहाँबाट धवलागिरि र अन्नपूर्ण हिमशृङ्खलाको अवलोकन गर्न समेत सकिन्छ ।


तस्वीर : हरि भण्डारी