लोकगायक खत्री सक्रिय राजनीतिमा
- २० माघ २०७८, बिहीबार
- 1111 पटक पढिएको
“पहिले आफ्नै गाउँठाउँमा केही गर्नुपर्ने रहेछ भन्ने सोचेर राजनीतिमा पाइला चालेको छु, कुनै पार्टीमा विचार÷आस्था जोडिइसकेपछि नेतृत्व मै रहेर काम गर्नु उचित ठानेँ”, उहाँले भन्नुभयो । राजनीति र कलाकर्मलाई एकसाथ अघि बढाउने उहाँको भनाइ छ । आफूलाई चिनाउने लोकसङ्गीत क्षेत्रको टेवा र उत्थानमा सँधै क्रियाशील भएर लाग्ने उहाँले बताउनुभयो । गलकोट–७ मल्ममा जन्मनुभएका उहाँ यसअघि माओवादी केन्द्रको नगर समिति सदस्य रहेर काम गर्नुभएको थियो । उहाँ विसं २०७४ को स्थानीय तहका निर्वाचनमा सोही पार्टीको तर्फबाट गलकोट नगरपालिकाको प्रमुख पदको उम्मेदवारका रुपमा सिफारिससमेत हुनुभएको थियो ।