बागलुङका अग्रज पत्रकार खड्काको निधन
- १९ माघ २०७८, बुधबार
- 723 पटक पढिएको
खड्का त्यसको सम्पादक हुनुहुन्थ्यो । विसं २०५८ मा दैनिक रुपमा प्रकाशन हुन थालेको उक्त पत्रिका विसं २०६३ मा बन्द भए पनि त्यसको अनलाइन संस्करणले निरन्तरता पाउँदै आएको थियो । खड्काले विसं २०५७ मा गठित नेपाल पत्रकार महासङ्घको तत्कालीन धवलागिरि शाखाको संयोजक भएर काम गर्नुभएको थियो । उहाँका तीन छोरा छन् । खड्काकी श्रीमती गङ्गाको पनि निधन भइसकेको छ । खड्काले दिवङ्गत आमा सुमित्रा र श्रीमती गङ्गाको स्मृतिमा ‘सुगङ्गा पुरस्कार’समेत स्थापना गर्नुभएको थियो ।