जनप्रतिनिधिबीच सहमति नजुट्दा बेलीब्रिज स्थानान्तरणमा समस्या
- ४ माघ २०७८, मंगलवार
- 1103 पटक पढिएको
म्याग्दी ४ माघ । राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर सडक आयोजनाको बेनी–जोमसोम–कोरला खण्डका खोलामा पक्की पुल बनेपछि बेलीब्रिज प्रयोगविहीन भएका छन् । जनप्रतिनिधि माझ आफ्नो भूगोलमा बेलीब्रिज लैजान भएको तानातानका कारण निर्णय हुन नसक्दा पुल स्थानान्तरणमा ढिलाइ भएको छ । कतै पुल प्रयोगविहीन हुने र कतै पुल नभएर जोखिमपूर्ण यात्रा गर्न तथा यातायात सुविधाबाट बञ्चित हुनुपर्ने अवस्था देखिएको छ । म्याग्दीको बेनी नगरपालिका–९ गलेश्वर र रघुगङ्गा गाउँपालिका–३ राहुघाट, रघुगङ्गा गाउँपालिका–१ तिप्ल्याङ र अन्नपूर्ण गाउँपालिका–७ महभिरमा पक्की पुल निर्माण भएपछि बेलीब्रिज प्रयोगविहीन भएका छन् ।
