म्याग्दीे जेसिजको अध्यक्षमा खत्री

  • १७ पुष २०७८, शनिबार
  • 734 पटक पढिएको

 

म्याग्दी, १७ पुस । म्याग्दी जेसिजको अध्यक्षमा सन्दिप खत्री सर्वसम्मत हुनुभएको छ । शनिबार बेनीस्थित जेसिज कार्यालयमा भएको २२ औ बार्षिक साधारण सभा तथा शाखा अधिवेशनबाट खत्री सर्वसम्मत हुनुभएको निर्वाचन समितिले जनाएको छ ।

जेसिज २०२१ कोे बरिष्ठ उपाध्यक्ष रहेका खत्रीको मात्र अध्यक्षमा उम्मेद्वार परेपछि सर्वसम्मत नेतृत्व चयन भएको निर्वाचन समितिका सदस्य खमथापा मगरले बताउनुभयो ।

अध्यक्षमा सर्वसम्मत बनाउन सहयोग गर्ने जेसिजका पुर्व अध्यक्ष, २०२१ का कार्यसमिति लगायत सदस्यहरुलाई नर्वनिर्वाचित अध्यक्ष खत्रीले धन्यवाद दिनुभएको छ।