सिंकोस बगरमा हिमपातले ढाकिए घरहरु (फोटो फिचर)

  • १४ पुष २०७८, बुधबार
  • 799 पटक पढिएको

म्याग्दी १४ पुस । म्याग्दीको धौलागिरि गाउँपालिका–४ मुदीको सिंकोस बगर क्षेत्रमा भएको हिमपातले घरका छानाहरु ढाकिएर सेताम्मे बनेका छन् । गयरातीदेखि परेको हिमपातले धौलागिरि पदमार्गले समेटिएको बगर, सिंकोस लगायतका बस्तीमा घरका छाना ढाकिएका छन भने जमिन पुरै ढाकिएको छ । रुखहरु समेत हिउँले सेताम्मे बनेका छन् । हिउँ परेपछि कृषकहरु खुसी भएपनि पशुपालन गर्ने किसानहरु भने घाँसपातको बन्दोबस्त मिलाउन नसकेर समस्यामा परेका छन् । बुधवार म्याग्दीको माथिल्लो क्षेत्रमा भारी हिमपात भएको छ । तस्बिर सौजन्य आस्मन पुर्जा