देउवा बालुवाटार सर्दा यसकारण काटिएन बोको

  • ५ असार २०७४, सोमबार
  • 1955 पटक पढिएको

  ५असार .प्रधानमन्त्री शेरबहादुर देउवा प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार गरेका छन् । गत जेठ २३ गते प्रधानमन्त्रीमा निर्वाचित भएपछि पनि बूढानीलकण्ठस्थित आफ्नै निजी निवासमा बस्दै आएका उनी आज बिहान बालुवाटार सरेका हुन् ।

देउवालाई सरकारी निवास सर्न ज्योतिषीले आज बिहान ५ः२२ बजेको उत्तम साइत जुराइ दिएका थिए भने सोहि अनुसार उनी बालुवाटार प्रवेश  गरेका हुन् । बालुवाटारमा प्रवेश गर्नुअघि देउवाले धार्मिक विधिअनुसार पुजापाठ गरेका थिए ।  तर, यसअघि प्रधानमन्त्री हुँदा जस्तो बोको भने काटिएन  । सचिवालयले बोको काट्ने तयारी गरेपनि उनकै चाहना अनुसार बोकोको सट्टा नरिवलले काम चलाइएको स्रोतले जनाएको छ ।

‘विगतमा प्रधानमन्त्री हुँदा बोको काट्दा पनि अनेकन झमेला आयो, यो पटक बोको नकाट्ने बरु त्यसको साटो नरिवलले काम चलाएर बालुवाटार प्रवेश गरौं’ देउवाको भनाई उदृत गर्दै एक सहयोगीले भने, ‘उहाँले नै नकाट्ने भनेपछि नरिवलको बलि दिने काम  भयो ।’देउवा   धार्मिक आस्थावान नेता भएकाले उनी रहेक काम ज्योतिषिको सल्लाहअनुसार गर्ने गर्छन् । त्यही भएर जेठ २४ गते प्रधानमन्त्री पदको शपथ पनि ज्योतिषीले जुराइ दिएको साइतको समयमा नै लिएको ती सहयोगीले बताए । देउवालाई बालुवाटारमा कर्मचारीले स्वागत गर्नुका साथै भवनको साँचो हस्तान्तरण गरेका थिए  ।

source. ratopati