विद्यार्थी तथा वृद्ध/वृद्धालाई न्यानो कपडा वितरण
- २६ मंसिर २०७८, आईतवार
- 1011 पटक पढिएको
म्याग्दी, २६ मंसिर । शितको थोपा अभियान संस्थाद्वारा विभिन्न स्कुलमा अध्ययन गर्ने विद्यार्थी तथा वृद्ध वृद्धालाई न्यानो कपडा वितरण गर्ने अभियानलाई तिव्रता दिएको छ। मंगला गाउँपालिका १ कुहँुका बृद्धबृद्धासहित दिपशिखा माविमा अध्ययनरत निम्न आय भएका १८ जना जनालाई न्यानो कपडा वितरण गरेको थियो ।
न्यानो कपडा वितरण कार्यक्रममा बोल्दै समाजसेवि तथा महिला सन्जालकी अध्यक्ष गौमति रोकाले राज्याले गर्नुपर्ने संस्थाले गर्दा खुशी लागेको बताउदै निरन्तरता दिन आग्रह गरिन । तीन तहको सरकारमा हुदाँपनि जनताहरु विभिन्न सेवाहरुबाट बन्चित भएको बताईन । शितको थोपा अभियानले निम्न आय भएका परिवारको सदस्य पहिचान गरेर राहत वितरण गरेकोमा खुशी ब्यक्त उनले गरेकी थिईन ।
त्यस्तै कार्यक्रममा नन्द बहादुर खत्रीले निम्न आयका विद्यार्थी र वृद्ध÷वृद्धाहरुलाई न्यानो कपडा वितरण गरेर समाजमा सकारात्मक सन्देश दिएको बताए । दिपशिखा मावि कुहुको प्राङ्गणमा गरियको यस कार्यक्रमको अध्यक्षता डेक बहादुर राम्जाली र संचालन सुनिल दामलले गरेको थिए।