फोनीज म्याग्दीको अध्यक्षमा साधन राम्जाली

  • २५ मंसिर २०७८, शनिबार
  • 838 पटक पढिएको

म्याग्दी, २५ मंसिर । नेपाल आदिबासी जनजाती पत्रकार महासंघ (फोनिज ) म्याग्दीको अध्यक्षमा साधन राम्जाली सर्वसम्मत भएका छन् । देशभर एकसाथ भएको फोनिजको अधिवेशन अन्तरगत सदरमुकाम बेनीमा सम्पन्न प्रथम अधिवेशनबाट राम्जालीको नेतृत्वमा म्याग्दीको सर्वसम्मत कार्यसमिति चयन गरिएको हो ।

कार्यसमितिको उपाध्यक्षमा दलप्रसाद तिलिजा, सचिवमा समिर रोका, कोषाध्यक्षमा धनिलाल गर्वुजा र सह–सचिवमा मनु थापा मगर रहेका छन् । त्यस्तै सदस्यहरुमा दिपा बुढाथोकी, लिलकुमारी पुर्जा, थबहादुर पुन र सुर्दशनकुमार श्रेष्ठ रहेका छन् । अधिवेशनबाट प्रदेश प्रतिनिधिमा सुरेन गुरुङ र केन्द्रिय प्रतिनिधिमा हिरामोती जुग्जाली चयन गरेका छन् ।


अधिवेशनको उद्घाटन गर्दै शिक्षा विकासतथा समन्वय इकाई म्याग्दीका प्रमुख दलबहादुर थापाले आदीबासी जनताको उत्थान र जनजातीलाई दिएको अधिकार कार्यान्वयनमा सक्षम रहन फोनिजलाई आग्रह गरे । नेपाल पत्रकार महासंघ म्याग्दीका अध्यक्ष प्रकाश पौडेल, प्रेस चौतारी म्याग्दीका संयोजक प्रताप बानियाँ, प्रेस सेन्टर नेपाल जिल्लाका उपाध्यक्ष पतम विश्वकर्माले शुभकामना मन्तव्य राखेका थिए ।

साधन राम्जालीको अध्यक्षता, सदस्य मनु थापामगरको स्वागत र समिर रोका मगरको संचालनमा फोनिजको एतिहासिक जिल्ला अधिवेशन सम्पन्न भएको थियो ।