बुटवलमा जारी महिला भलिबल खेलमा म्याग्दी सेमिफाईनलमा

  • २४ मंसिर २०७८, शुक्रबार
  • 904 पटक पढिएको

म्याग्दी, २४ मंसिर । बुटबल उपमहानगरपालिका, बुटवल रुपन्देहीको आयोजनामा जारी उपमेयर कप राष्ट्रिय भलिबल प्रतियोगिता-२०७८ म्याग्दी महिला भलिबल टोलीले तिलाकुर नगरपालिकालाई हराउदै सेमिफाइनलमा प्रबेश गरेको छ । म्याग्दी जिल्लाबाट सहभागी खेलाडीहरुले उत्कृष्ट खेल प्रर्दशन गर्दै सेमिफाईनलमा प्रवेश गरेको मुख्य प्रशिक्षक मलिन रोकाले जानकारी दिएका छन् ।

पवित्रा सिर्पालीको कप्तानीमा म्याग्दीबाट महिला खेलाडीहरु सहभागीता भएका हुन । मंसिर २५ गतेबाट सूरु भएको खेल २७ गतेसम्म सञ्चालन हुनेछ । प्रशिक्षकद्वय मलिन रोका र खड्क के सिको योजना अनुसार खेल्न सफल भएको भन्दै ब्यवस्थापक गङ्गा के सिले खेलाडीलाई बधाई तथा हौसला प्रदान गरेका छन् । म्याग्दीले भोलि सेमिफाईनलमा तिलोत्तमा नगरपालिकासँग प्रतिस्पर्धा गर्ने प्रशिक्षक रोकाले जानकारी दिए ।