सभापतिको साझा उम्मेदवारसहित टीम बनाउन पौडेल समूहको बैठक बस्दै

  • २२ मंसिर २०७८, बुधबार
  • 585 पटक पढिएको

काठमान्डाै २२ मंसीर । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले १४ औँ महाधिवेशनका लागि सभापतिको एकमात्र उम्मेदवार बनाउने विषयमा छलफल गर्दैछ । बुधबार विहान ९ बजे बत्तिसपुतलीस्थित अनुपम फुड्ल्याडमा पौडेल पक्षका नेताहरुबीच सभापतिको साझा उम्मेदवार छनोट गर्न छलफल हुन लागेको हो ।


आफू पक्षीय केन्द्रीय सदस्य, प्रदेश सभापति, प्रदेश सभापतिका प्रत्यासी, जिल्ला सभापति र पूर्व जिल्ला सभापतिसँग परामर्श गरी साँझसम्म एकमात्र उम्मेदवार घोषणा गर्ने पौडेल समूहको तयारी छ । तर अहिलेसम्म साझा उम्मेदवार कसलाई बनाउने भन्नेमा टुंगो लाग्न सकेको छैन ।

वरिष्ठ नेता पौडेल र महामन्त्री शशांक कोइरालाले साझा उम्मेदवार बन्ने अवस्थामा सभापतिको दाबी छोड्ने बताएका छन् भने नेता प्रकाशमान सिंह र शेखर कोइराला आफू बाहेकको हकमा सहमति गर्ने पक्षमा देखिएका छैनन् । मंगलबार पूर्वमहामन्त्री प्रकाशमान सिंहको चाक्सिबारीस्थित निवासमा बसेको पौडेल समूहको बैठक विना निष्कर्ष टुंगिएको थियो । महाधिवेशन आउन २ दिन मात्र बाँकी हुँदा पौडेल समूहमा पदाधिकारीको पनि कुनै टुंगो लागेको छैन । source ratopati.com