सात महिनापछि रातो पोर्तुगिज पासपोर्ट बोकेर पोर्चुगल छाड्दै युवराज पन्थी

  • २० मंसिर २०७८, सोमबार
  • 773 पटक पढिएको

डेनमार्क । नेपाली जनसम्पर्क समिति पोर्तुगलको अध्यक्षका उम्मेद्वार युवराज पन्थी आगामी सात महिनापछि नेदरल्याण्ड जाँदै छन । उनी पोर्तुगिज पासपोर्ट बोकेर नेदरल्याण्ड जान लागेको बुझिएको छ ।
विगत लामो समयदेखि पोर्तुगलमा बस्दै आएका पन्थी अघिल्लो अधिवेशनमा उपाध्यक्षमा वकिल केसीसँग फराकिलो मत अन्तरले हारेका थिए । अध्यक्ष बिनोद घिमिरेका प्रिय पात्रका रुपमा चिनिएका पन्थी पोर्तुगल बसुञ्जेल अध्यक्ष पद लिने र नेदरल्याण्ड जाने बेला केसीलाई पद हस्तान्तरण गरेर जाने योजनामा रहेको बुझिएको छ । पन्थीले तीन बर्षे कार्यकालमा आधा आधा समय आलोपालोमा चलाउने भन्दै आएका छन । केसीले आधा आधा कार्यकाल चलाउँदा आफूले पहिलो कार्यकाल चलाउने भन्दा पन्थी फन्किएको बताइएको छ । यसको कारण उनि पहिलो चरणमा आधा कार्यकाल अध्यक्ष पद खाएर नेदरल्यान्ड जाने तयारीमा छन ।
तर अध्यक्षका प्रवल दावेदारका रुपमा रहेका वकिल केसी भने आफू नै अध्यक्षको उम्मेदेवार भएको भन्दै आएका छन । उनले चुनावी प्रतिस्पर्धाबाट नै अघि बढ्ने बताउँदै आएका छन । पन्थी भने सकभर सहमति गरेरै जाने जोडमा छन । कार्यकर्तामाझ खासै नचिनिएका पन्थी अरुकै बैशाखीमा टेकेर वकिल केसीसँग प्रतिस्पर्धामा उत्रिएका छन । संगठनको कामदेखि सामाजिक काममा समेत खासै रुचि नदेखाउने पन्थीको यो उम्मेद्वारीलाई कार्यकर्ताहरुले फरक ढंगले लिएका छन ।